gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

शाइन रेसुङ्गाले २५ प्रतिशत बोनस शेयर दिने

अनिल खत्री
गुल्मी, ४ असोज । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७३/०७४ को मुनाफावाट २५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनश शेयर नेपाल राष्ट्र बैंकवाट स्वीकृति प्राप्त भै आगामी बार्षिक साधारण सभावाट पारित भए पश्चात वितरण हुने बैंकका कायकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

बैंकले २०७४ आषाढ मसान्त सम्ममा १० अर्ब २६ करोड निक्षेप संकलन गरेको छ भने ८ अर्व ७८ करोड कर्जा लगानी गरेको छ । २०७४ आषाढ मसान्तमा बैंकको चुक्ता पूंजी १ अर्व १० करोड २८ लाख रहेको छ भने प्रस्तावित २५ प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पूंजी १ अर्व ३७ करोड ८६ लाख पुग्ने बैकले जनाएको छ ।

यस बैंकले २८ वटा शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउन्टर मार्फत १ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । १० जिल्ला कार्यक्षेत्र रहेको यस विकास बैंकले गुल्मी, रुपन्देही, अर्घाखांची र प्यूठान जिल्लाका अधिकांश स्थानीय तहमा वित्तीय पहुँच पु¥याएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D