gulminews logo
शनिबार, २०८१ बैशाख १५

तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ सम्पन्न

मनोज थापा
तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ सम्पन्न भएको छ । नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा धादिङ ओम शान्ति चलचित्र मन्दिरमा सम्पन्न भएको अवार्डमा २७ विधामा अवार्ड प्रदान गरिएको थियो ।

जुरी समितिमा वरिष्ठ रंगपत्रकार एवं गीतकार शान्तिप्रिय संयोजक र सदस्यहरुमा चर्चित संगीतकार सन्तोष श्रेष्ठ, सर्जक एंव लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा रहेको थिए । अवार्डमा प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार रंग पत्रकार कुबेर गिरी र लोकसञ्चारकर्मी पुरस्कार चन्द्रमणि गौतमलाई ५,५५५ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कलाकार रश्मि तामाङ ३३,३३३ नगदसहित र इभेन्ट निर्देशक निशुकान्त झालाई विशेष सम्मानद्धारा सम्मान गरिएको थियो ।
sundaradevi sandesh music award
कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लिले गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक समितिका अध्यक्ष किरण अधिकारीले मोफसलबाट निरन्तर रुपमा कलाकारहरुलाई सम्मान गर्दै जाने बताए । अवार्ड देशका विभिन्न भागहरु समेत गर्ने उनले जानकारी दिए । अवार्डमा नायिका सञ्चिता लुईटेलदेखी चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो ।
अवार्ड विजेताहरु
आधुनिक तर्फ

गायक ः कृष्ण काफ्ले – ला छैन् माया पिरती
गायिका ः सहिमा श्रेष्ठ – तिमी बोल
नव गायिका ः बुनु उप्रेति – टुट्यो टुट्यो
गीतकार ः डा.कृष्णहरी बराल – मेरो चरित्रमा शंका गर्ने तिमीको
संगीतकार ः सुरेन्द्र श्रेष्ठ – म रुँदा
मोडल महिला ः जान्वी बोहरा – चित्त यो मेरो
मोडल पुरुष ः केके अधिकारी – झड्का
म्युजिक भिडियो ः निर्देशक नविन गुरुङ – उडि जाने
म्युजिक भिडियो ः सम्पादन दिपक विष्ट – कोहि कोहिको माया
म्युजिक भिडियो ः छायांकार अजय रेग्मी – कोहि कोहिको माया
पब्लिक च्वाइस अवार्ड ः खुस्बु खड्का – तिमी बोल
एस.एम.एस भोटिङ अवार्ड ः मञ्जिता केसी – सम्झेर फेरी

लोकदोहोरी तर्फ
गायक: मौसम गुरुङ – तिमी फुल हौ कालि
गायिका: भुमिका गिरी – सातो पुत्लो गयो
नव गायक: तिलक परियार – तोरी हरियो
नव गायिका: टिका तारमिमगर – गुन्द्रुक सिन्की पकाउनु पर्दैन
शब्द शिखर: गजरकोटे – चरि भएदेखी
लय: उद्धव कार्की नुवाकोटे – कोहि भन्दा
मोडल पुरुष: दुर्गेश थापा – तिमी फुल हौ कालि
मोडल महिला: रिना थापा मगर – भुरुरु पुतली
म्युजिक भिडियो निर्देशक: प्रकाश भट्ट – मायाले माया लुकायो
म्युजिक भिडियो सम्पादन: प्रविण भट्ट – आज गाउँमा
म्युजिक भिडियो छायांकन: दुर्गा पौडेल – आज गाउँमा
जुरी अवार्ड ः कृष्ण रेउले – आज गाउँमा
पब्लिक च्वाइस अवार्ड ः मञ्जु गौतम – हेलम्बुको स्याउँ
पपुलर अवार्ड ः दिनेश थापा – बोेली नफेर
इन्करेजमेन्ट अवार्ड ः लिला गिरी – एक चोटी भेट्न पाए

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D