gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी पुगेका राजेश हमाल पहिरोको बिचमा फसेपछी…….

प्रेम सुनार
गुल्मी,असोज १२ । गुल्मीको एक कार्यक्रममा आइपुगेका महानायक राजेश हमाल सदरमुकाम तम्घास नजिकैैको सुख्खा पहिरोको बिचमा अलपत्र परेका छन् । तानसेन सड्क खण्डको बिचमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित दुबीचौरको भँगेरीमा सख्खा पहिरोले सवारी साधान आवत जावत गर्न नसकेपछी नायक हमाल अलपत्र पर्नु परेको हो ।

धुर्कोट वडा दशैं मेलाको अन्तिम दिन हमाल पुग्ने कार्यक्रम रहेको छ । अन्य कुनै बिकल्प नभएपछी नायक हमाललाई पहिरोभन्दा माथी आधा घण्टाको उकाले हिँडाएर दुबीचौरको घोर्ले सम्म ल्याउने र प्रहरी प्रशासन सहयोगमा धुर्कोट लैजाने तयारी गरिएको छ । उनलाई सदरमुकामबाट कार्यक्रम स्थलमा लैजाने जिम्मा लिएका यसै समाचारदाता सँग टेलिफोन सम्पर्कमा नायक हमालले आफु हिडेर पनि धुर्कोट जान तयार रहेको बताएका छन् । उनि सहित दशैं मान्न आएका सयौं यात्रुहरु हिडेर घोर्ले सम्म आई अर्को गाडी चढने गरेका छन् ।

गत एक साता देखि बेला बेलामा अबरुद्ध र खुल्दै आएको सड्क बुधवार साँझदेखि बिहिवार सम्म ठप्प छ । बिहानैबाट सड्क खुलाउन २ वटा स्काभेटर प्रयोग गरेपनि खुल्ने संकेत देखिएको छैन् ।

सड्क खुलाउन रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन,जिल्ला प्रहरी,ट्राफिक प्रहरी,शसस्त्र प्रहरी लगायत खटिएका छन् । बिहानै देखि सड्क खुलाउन खटेका निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले डोजरले सोर्दै र माथीबाट झन ठुलो पहिरो खस्दै छ यसर्थ पनि यति समय पछी सड्क खुल्छ भन्ने अबस्था नरहेको बताए ।

उनले नायक राजेश हमाल देसकै गहना भएकोले जसरी पनि कार्यक्रम स्थल सम्म पु¥याउने पहल भइरहेको जानकारी दिए । रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले सड्क डिभिजन कार्यालयबाट २ वटा डोजर मगाएर धमाधम काम भइरहेको थप पहिरो नझरेमा करिव ३ घण्टा पछी एकतर्फी खुलाउने पहल भइरहेको जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख डोरबहादुर थापाले सिमीचौर रिडी खज्याङ्ग सिमीचौर हुँदै तम्घासको बैकल्पी मार्ग रोज्न यात्रुहरुलाई आग्रह गरेका छन् । उनि एक हप्ता देखि त्यहि सुत्ने बस्ने गरि खटेका छन् । उक्त पहिरोलाई काठमाडौं जाने सड्कको एक समयमा भनिने कृष्ण भिरको संज्ञा दिईएको छ ।

माथीबाट पहाड भासिएपछी ठुलै पहरो सड्कमा आएर बसेको छ । डोजरले निरन्तर माटो फाल्दै छ तर त्यो भन्दा वढी माटो बगेको बगै छ । उक्त सड्कको १ वर्ष पहिले बिस्तार गरिएको थियो । सड्क बिस्ताको क्रममा भौगोलिक अबस्था नहेरी डोजरले कटान गर्दा अहिले ठुलो समस्या झेल्नु परेको स्थानियको गुनासो रहेको छ । डोजर चालक दशैं मनाउन घर गएपछी निर्माण व्यावसायी चुराबहादुर खत्री आफै सड्क खुलाउन डोजर चलाई रहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D