gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी पुगेका राजेश हमालले दर्शकहरु मध्यबाटै छानेर १५ बर्षिया किशोरीसँग कम्मर मर्काए

प्रेम सुनार
गुल्मी, असोज १२ । कार्यक्रमको सिलसिलामा गुल्मी पुगेका महानायक राजेश हमालले दर्शकहरुलाई नचाएका छन् । धुर्कोट बडा दशै महोत्सवमा धुर्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोकको कालापोखरा खेल मैदानमा पुगेका महानायक हमालले आफ्नो प्रस्तुतिकै क्रममा दर्शकदिर्घाबाट छानेर एक १५ वर्षे किशोरीको बारुली कम्मर समाउँदै छमाछमी नाछेका थिए ।

त्यस्तै कार्यक्रममामा महानायक हमाले आफु जन्मीनु भन्दा तिन वर्ष अघि देखि नै चलचित्रमा अभिनय गरेको बताएका छन् । उनले महोत्सवलाई सम्वोधन गर्दै ठट्यौली मुद्रमा भने, “खास त मेरो उमेर २५ वर्ष पनि नाघेको छैन तर म फिल्ममा खेल्न थालेको २८ वर्ष पुग्यो ।” ठट्यौली पारामा धुर्कोट गाउँपालिकामा आयोजितत धुर्कोट बडा दशै मेला २०७४ को भव्य समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

rajesh hamal in gulmiगुल्मीको धुर्कोट गाउँपालिकोट गाउँपालिका वडा नम्वर ४ जैसीथोकको कालापोखरा खेल मैदानमा भएको मेलामा धुर्कोटवासीसंग रमाईलो गरी दशैं मनाउन पाएकोमा आफुले ठुलो अवसरका रुपमा लिएको बताए ।
दर्शकदिर्घाबाट उनि आफैले बोलाएकी एउटी १५ वर्षे किशोरीको बारुली कम्मर समाउँदै छमाछमी नाचेका हमालसँग नाच्न पाका उमेरका महिलाहरु समेत स्टेचमै पुगेका थिए । हमाल गुल्मी आउँदै छन् भन्ने खवर पाए पछि सदरमुकाम तम्घास देखि धुर्कोट सम्म बाटोमा उनलाई हेर्नेहरुको ठाउँ ठाउँमा भिड थियो ।

कार्यक्रममा धुर्कोट गाउँपालिका उपप्रमुख शिवबहादुर खत्री, सवै वडा प्रमुख र विभिन्न क्षेत्रका समाजसेवीहरुको सहभागीता रहेको थियो । ‘धुर्कोटको शौन्दर्य हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान’ भन्ने मुल नाराका साथ देविस्थान युवा क्लव जैसीथोक र ह्याप्पी ईन्टरटेन्टमेण्ट काठमाण्डौले मेला आयोजना गरेको थियो भने कार्यक्रमको सञ्चारकर्मी मदन खनालले गरेका थिए । कार्यक्रम निर्देशक मदन खनालको अध्यक्षता रहेको कार्यक्रममा गायक तथा चर्चित उद्घोषक लक्ष्मण खड्काको सञ्चालन रहेको थियो । मेला तिन देखि सञ्चालन भई आज समापन भएको छ ।

मेलामा राजिस्थानबाट ल्याईएको उँट प्रदर्शन, एशियाकै होची महिला मञ्जु घिमिरे, विभिन्न प्रकारका पिङ र ब्यापारिक स्टल राखिएको थियो । आयोजकहरुले मेलाले ऐतिहाँसिक धुर्कोटलाई चिनाउने आयोजकले अपेक्षा राखेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D