gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा ६२ औ प्रहरी दिवस मनाइयो

टोपलाल अर्याल
गुल्मी, २७ असोज । नेपाल प्रहरीको ६२ औ स्थापना दिवस देशभर मनाइएको छ । प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुलमीले उत्कृष्ठ कार्यसम्पादन गर्ने र विभिन्न प्रतियोगीतामा उत्कृष्ट हुने प्रहरी अधिकृत तथा जवानहरुलाई सम्मान गरेको छ ।

यस बर्ष जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक शिव थापा साथै हवल्दार ओम प्रकाश यादव, तेज बहादुर कुवंर, यम बहादुर खत्री, गोमा सेन ठकुरी, सुर्य प्रसाद अधिकारी र नेत्र कार्की उत्कृष्ट भएका छन् । उत्कृष्ट सात जनालाई प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल र निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले सम्मान गरेका थिए । त्यस्तै टेवल टेनिस र व्याटमिन्टनमा उत्कृष्ट प्रहरी खेलाडीहरुलाई पनि रेसुंगा नगरपालिकाको उपमेयर सिता भण्डारी र निमित्त प्रहरी प्रमुख थापाले सम्मान गरेका थिए ।

gulmi policeकार्यक्रममा विरगती प्राप्त गरेका अमर प्रहरीको सम्झना शोक सलामी दिइएको थियो । नेपाल प्रहरीको सेवामा लागेर देश र जनताको लागि शान्ति सुरक्षा कायम गर्दागर्दै विरगती प्राप्त गरेका प्रहरीको सम्झनामा प्रहरी दिवस मनाउने गरिन्छ । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले देशको शान्ति सुरक्षाको लागि प्रहरीले खेलेको भुमिकाको प्रशंसा गरे । उनले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, घरेलुहिंसा तथा अपराध नियन्त्रणको लागि पछिल्लो समयमा प्रहरीले देखाएको जागरुकताको प्रशंसा गरे । साथै उनले आगामी निर्वाचनलाई भयरहित बनाउने जिम्मेवारी प्रहरीकै काधँमा भएकाले त्यसतर्फ लाग्न आग्रह गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बिशेष अतिथी रेसुंगा नगरपालिकाको उपमेयर सिता भण्डारी र पत्रकार महासंघ गुल्मीका सचिव टोपलाल अर्यालले आजको प्रहरी संगठन हिजो शाहदत प्राप्त गरेका प्रहरीको योगदानबाट उभिएकाले दिवस अम्मर प्रहरीका दुख र पीडासंग हुनुपर्नेमा जोड दिए । प्रहरी नायव उपरिक्षक थापाले जिल्लाको शान्ति सुृरक्षा व्यवस्थापनको लागि प्रहरी लागि परेको बताए । उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अम्मर प्रहरीका परिवारसंग हातेमालो गर्न आफ्नो संगठन सधै प्रतिवद्ध रहेको बताए ।

प्रहरी र नागरिकविचको सम्बन्धमा निकटता ल्याउने काममा आफुहरु सधै चनाखो बन्ने बताए । कार्यक्रममा प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले प्रहरी महानिरिक्षक प्रकाश अर्यालले पढाएको शुभकामना सन्देश पढेर सुनाएका थिए । कार्यक्रमको संचालन प्रहरी नायव निरिक्षक कृष्ण प्रस ढकालले गरेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D