gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा साना करदाताबाट करिव १ करोड राजस्व संकलन

टोपलाल अर्याल
गुल्मी, १३ भदौ । गुल्मीमा साना करदाताबाट करिव एक करोड राजस्व संकलन भएको छ । जिल्लामा गुल्मी उद्योग वाणिज्य संघको संयोजनमा राजस्व संकलन कार्य भइरहेको छ । जिल्लामा एक महिना अघिदेखि कर संकलन भइरहेको छ ।

यो अवधिमा एक हजार एक सय साना व्यवसायीहरुले कर बुझाएका छन् । जसबाट करिव एक करोड राजस्व संकलन भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका कार्यलय प्रमुख तोमलाल पन्थीले जानकारी दिए ।

जिल्लामा उद्योग वाणिज्य संघ गुल्मीसंग एक हजार नौ सय व्यवसायीहरु आवद्ध छन् । साना व्यवसायीले जिल्लामा १५ भदौसम्म राजस्व बुझाउन सक्ने छन । साना करदाताहरुको लागि गाउँपालिका भित्र व्यवसाय सञ्चालन गरे एक हजार पाँच सय र नगरपालिका भित्र व्यावसाय सञ्चालन गरे दुई हजार पाँच सय राजस्व बुझाउनुपर्ने व्यवस्था छ ।

सदरमुकाममा रहेको उद्योग वाणिज्य संघको प्रधान कार्यालय सहित बलेटक्सार, रिडी र वामीटक्सारका शाखाहरुमा पनि कर संकलन भइरहेको । वाणिज्य संघले अन्य दुई स्थानका शान्तिपुर र मजुवा शाखामा पनि छिट्टै कर संकलन गर्ने व्यवस्था मिलाउने तयारी गरेको अध्यक्ष दुर्गा प्रसाद पाण्डेले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D