gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

अनिल खत्री
गुल्मी, भदौ २७ । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलवार बिहान जिल्लाको थानपती घरबाट रिडी तर्फ जाँर्दै गरेको ना १७ प २४८१ नम्बरको मोटर साइकल रुरु गाउँपालिका वडा नम्बर ३ पानीटंकी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनानमा मोटरसाइकल चालक रुरु गाउँपालिका ३ निवासी २३ वर्षिय राजु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

दुर्घटनामा परि घाइते मोटरसाइकल चालकको रिडी स्थित प्रथामिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको थियो । सोहि दुर्घटनामा परि मोटरसाइकलमा सवार रुरु ३ का २१ वर्षिय इश्वरी राउत घाइते भएका छन् ।

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनिहरु दुबै जना रिडीमा चलिरहेको क्रिकेट खेलहेर्न जान लागेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D