gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

कांग्रेसका लागि भोट माग्ने खिलध्वज कसरी अन्तरघाती ?

आदरणीय सभापति महोदय
हजुरको व्यक्तित्व, विवेकशीलता समाज प्रेम र समग्र गुल्मी जिल्लाको उन्नति र समृद्धिको लागि गर्नुभएको मिहिनेत प्रति मेरो हृदयदेखि नमन छ । प्रदेश नं ५ लाई खण्डित हुन बाट जोगाउँदा हजुरले दिएको योगदान पनि हामी कहाँ बिर्सन सक्छौ र ?

स्थानीय चुनावमा समग्र गुल्मी जिल्लाको नतिजा र रेसुंगा नगरपालिकाको मेयर पदमा हजुरको पराजय हाम्रा लागि सह्य हुन सकेन । यसैबीच पार्टी सचिव खिलध्वज पन्थीसँग सम्बन्धित अडियो क्लिपले भरिएका बजार हल्ला सुनेर म अहिले काठमाडौंमा हात बाँधेर बस्न सकिन ।

सभापति ज्यू, विद्यार्थी जीवन समस्या धेरै छन् । समय छैन । कलेज छ । अरु अफिसियल काम छन् । यसका बाबजुत पनि यो अडियो काण्ड देखि म अछुतो बस्न सकिन ।
मैले भगवानलाई सम्झें – हे भगवान काठमाडांैको खाल्डोले राम्रा र असल मान्छेहरुलाई दिनदाहाडै गलत बनाउँछ । विन्ति भगवान तम्घास खाडलले यस्ता कुकर्म कहिल्यै नगरोस । राम्रोको मात्रै भलो गरोस् ।

मैले सुन्दैछु अडियोलाई लिएर जिल्लामा हंगामा भयो रे । आखिर के का लागि ? मलाई त अचम्म लाग्दैछ । तपाई पनि शशंकित हुनु भयो रे । उक्त अडियो मैले पनि सुने सभापति महोदय ।

उक्त अडियोमा सम्वोधन गर्नका लागि प्रयोग भएका शब्दहरु सम्मानजनक नहोलान् तर एउटा कुरा मनन गर्नुपर्छ । जिल्लाको पार्टी सभापति मेयर पदमा र जिल्ला स्तरीय नेता वडा सदस्यमा उम्मेदवार बन्नुले सचिव पन्थीलाई मात्र नभएर जिल्लाका अन्य प्रभावशाली नेताहरुलाई समेत अगाडि बढ्न मार्ग खुला भएको कुरा थोरै पनि राजनितिक ज्ञान भएका जो कोहीले बुझ्न सक्छन् ।

राजनीतिक प्रसंग जोडिँदा यस्तो कुराहरु खिलध्वज पन्थीले आफ्नो परिवारसँग गर्नु स्वभाविक हो तर तपाईहरु जस्तो अग्रपङक्तिमा रहेको नेतालहरुले यसलाई अपराध गरे जस्तै गरी फैलाएको देख्दा चित्त दुख्यो ।
के तपाईहरुले यही कुरालाई नै अन्तर्घातको संज्ञा दिनु भएको हो त ? सायद मैले बुझेअनुसार आफ्नो पार्टीलाई प्रतिकुल असर पर्ने र विपक्षी पार्टीलाई लाभहुने गरि गरिने कृयाकलापलाई अन्तर्घात भनिन्छ ।

उक्त अडियोमा पार्टी सचिबले पार्टीकै लागि भोट मागेको कुरा प्रस्ट सुन्न सकिन्छ । शब्दले भन्दा पनि तथ्यांकले प्रष्ट पार्दा उचित होला । रेनपा– ५ भुवनपानीमा अपेक्षा गरिएको भन्दा हजुलाई १०/१५ मत बढी दिलाई नगरपालिकामै सबैभन्दा बढी करिव २०० को हाराहारीमा अग्रता दिलाएका छौं ।

हो यही क्षेत्रको कुनै टोलमा गरिएको फोन संवादको काँटछाँट गरिएको अडियो रेकडलाई आधार बनाएर तपाइहरु दोष अरुलाई थुपारी पानी माथिको ओभानो बन्दै हुनुहुन्छ कि भन्ने शंका मलाई लागेको छ ।
के तपाईहरुले भनेको जस्तै अन्तर्घात यही हो ?

लेखक खनाल
सभापति ज्यू यस्तो कतुर्त यत्तिकै आवेशमा लगाइएको हो भने अन्तर्घात पार्टीले खिलध्वज पन्थीमाथि गरेको छ । यसको क्षति कसले व्यहोर्ने ? घर परिवार बिचको कुरालाई जोडेर वा काटेर चरम वर्वादीपूर्ण शैलीले चरित्र हत्या गर्न तयार पारिएको अडियोलाई आधार मानेर अघि बढ्ने हो भने यो घटनाका विषयमा अरुमा नदोहो¥याईने ग्यारेन्टी कसले दिन्छ ?

युवाहरु माझ लोकप्रिय र विकासका हिमायती खिलध्वज पन्थीलाई गिराउन विपक्षी दलका नेताहरु मात्र नभएर आफ्नै दलका नेताहरु पनि लागि पर्नुले फोहोरो राजनितिलाई चित्रण गरेको देखिन्छ ।

खिलध्वजपन्थीको चरित्र हत्यागर्ने दुष्प्रयास गर्दैमा केहि नेताहरुको व्यक्तिगत स्वार्थ त पुरा होलान् तर पार्टीलाई नै खलल पु¥याई कमजोर तुल्याइन्छ भन्ने कुरा हजुरले बुझाउनुहोला ।

अन्त्यमा, आदरणीय सभापति महोदय, घरको भेद नखुलाउनु थियो । ताला चाबीनै आर्कैले गायब पारिदिन लागेकोअवस्था छ । यसमा चनाखो हुनुपर्ने छ । यसपछि पनि यस्तो अडियो वा भिडियो अतिरञ्जीत कुराहरु प्रदेश सभाको चुनावलाई मसलाको रुपमा विपक्षीले प्रयोग गर्ने नै छन् ।

अहिले जुन पार्टीले खिलध्वजमाथि अन्तरघात गर्यो त्यसको फस्र्यौट गर्दा हामीलाई पनि चित्त बुझ्दो ढंगले गरिदिनुहुने छ भन्ने आशा छ ।

-महेन्द्र खनाल
गुल्मी, हाल काठमाडौं

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D