gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

कती पर्छ अहिले एउटा भेडा वा च्याङ्राको मुल्य ? यस्तो छ चल्तीको भाउ

छविलाल पाण्डे
बुर्तिबाङ, असोज ३ । दशै तिहार लगाएतका चाडपर्व नजिक आईरहेका बेला बुर्तिबाङ बजार क्षेत्रमा प्रसस्त मात्रामा भेडा च्याङग्रा भित्रिएको छ । बिगतका बर्षमा जस्तै यस बर्षपनी भेडा च्याङग्रा खरिद कार्य सुरु भईसकेको छ ।

गत तिनदिनदेखि बजार क्षेत्रमा डोल्पाको खानीगाँउ देखि काजि बुढामगर सहित पाँचजना ब्यातिmहरुले चिनको मरयुम छहरा भन्ने स्थानदेखि खरिद गरेर ल्याएको भेडा च्याङग्रा बजार क्षेबम बिक्री सुरु भएको हो । १ करोड १७ लाख लगानी गरेर ७ सय भेडा च्याङग्रा खरिद गरेर बुढाको समुहले ४ सय पचास पोखरा लगिएको र २ सय ५० बुर्तिबाङ सँगै खर्वाङ हटिया सम्म पुर्याउने गरेर यस पटक बिक्रीका लागि आएको बताउनु भयो ।
chyangra
चिनको मरयुम छहरा भन्ने स्थानदेखि भेडा ९च्यालु० च्याङग्रा खरिद गरेर बुर्तिबाङ सम्म पैदल आईपुग्दा १२ दिन लागेको बताउने ब्यापारी काजिले बिगत १७ बर्ष पहिलेमात्रै बुर्तिबाङक्षेत्रमा भेडा च्याङग्रा लिएका काजि बुढाले यस पटक पुन: लिएर आएको र तिनदिनमा २५ भेडाच्याङगा्र बिक्री भईसकेको बताउनु भयो ।

भेडाको न्युनतम १९ हजारदेखि २५ हजार सम्म र च्याङगा्रका २२ देखि ३० हजार सम्म मुल्यमा बिक्री हुने गरेको बताउनु भयो भयो । भेडा भन्दा च्याङग्राको मुल्य खरिदमै बढिभएका कारण केहि महँगो पर्ने गरेको बुढाको भनाई छ । बुर्तिबाङ क्षेबम दशै पर्वका लागि भेडा च्याङग्रा खरिद गरेर राख्ने क्रम बद्दै जान थालेको हो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D