Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
इस्मामा बरामद गरिएका मदिरा र अखाद्य वस्तु नष्ट - Gulminews

इस्मामा बरामद गरिएका मदिरा र अखाद्य वस्तु नष्ट

टोपलाल अर्याल
गुल्मी, २२ चैत । इस्मा गाउँपालिकाले बरामद गरेका मदिरा र अखाद्य वस्तु नष्ट गरेको छ । केहि समय पहिले गाउँपालिकाले बजार अनुगमनको क्रममा फेला पारेको करिव ७० हजार रुपैँया बराबरको घरेलु तथा पलाष्टिकजन्य मदिरा, इजाजत विना बिक्री वितरण गरिएका मदिरा र म्याद सकिएका खाद्य वस्तुहरु बरामद गरिएको इस्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय नारायण महतले जानकारी दिए ।

शनिबार गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री, वडाध्यक्ष, कार्यपालिका सदस्य, इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारी लगायतको उपस्थितीमा नष्ट गरिएको महतले जानकारी दिए । गाउँपालिकाले एक बर्षदेखि मदिरा कार्यविधी निर्माण गरेर मदिरा बिक्री वितरण र सेवनमा कडाई गर्दै आएको छ । तोकिएको समयभन्दा बाहिर गएर मदिरा सेवन गरे एक हजार र बिक्री गरे पाँच हजार जरिवाना गर्ने व्यावस्था गरिएको गाउँपालिका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन् ।

उनले गाउँपालिकाभित्र मदिराका कारण हत्या, हिंसा र आत्महत्या समेत बढेकाले कार्यविधी निर्माण गरेर बिक्री वितरण र सेवनमा कडाई गरिएको खत्रीले बताइन् । उनले अझै पनि पूर्ण नियन्त्रण गर्न सवै दल र जनप्रतिनिधीहरुको एक मत नभएका कारण समस्या भएको गुनासो गरिन् । कोरोना संक्रमणको कारण अहिले देश लक डाउन गरिएको छ । जसका कारण आम मान्छे गाउँ छन् । मदिराको कारण अझै पनि झै–झगडा नरोकिएकाले यो अवस्थामा पनि आफुहरुले दुख पाइरहेको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकरीले बताए । दिउँसोमा कडाई गरेकाले रातिमा रक्सी सेवन गरेर लफडा गरेका घटनाहरु लकडाउनकै समयमा पनि आएको अधिकारीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D