घटना-दुर्घटना

UPADATE: गुल्मी बस दुर्घटनामा मृत्‍यु हुनेको सङ्ख्या ९ पुग्यो

अनिल खत्री
गुल्मी कात्तिक १३ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।

यो पनि पढ्नुहोस्: गुल्मीमा दुर्घटनामा मृत्‍यु भएका सबै ११ जनाको सनाखत (नाम ठेगाना सहित)

दुर्घटनामा ९ जनाको मृत्यु भएको र ८ जना घाएते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास छुटेको पनि बिचमा सवारी थपेको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा र २ जनाको पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३ जना महिला ६ जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुने मध्ये ४ जनाको सनाखत भएको छ । सनाखतहुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका ८ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका बिष्णु पाण्डेय र चालक भमि घर्ति, अर्जै गुल्मीका लालबहादुर मुखिया रहेका छन् । गाडीका चालकको पनि पाल्पा लैजाने क्रममा मृत्यु भएको छ । सनाखतको लागी शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । मृत्यु भएकाहरुमा ३ जना महिला ६ जना पुरुष रहेका छन् । घाइतेहुनेहरुमा १ जना महिला ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ ।
gulmi bush crash
गाडीमा सवार चालक सहित १७ जना रहेका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी शसस्त्र प्रहरी स्थानियले उद्धार गरेका थिए । itदुर्घटनामा परेको गाडी सड्कबाट करिव ३ सय मिटर भन्दा वढी तल खसेको थियो । गाडीको तिब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटना स्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार साइडदिने बलेरो जिप सड्कको नालीमा रहेको बताए । दुर्घटना स्थल ठुलो भिर र साघुरो बाटो रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D