BREAKING: गुल्मीमा खेलाडी बोकेको जिप दुर्घटना, एकको मृत्‍यु ४ घाईते

दुर्घटना अप्डेट: गुल्मी जिप दुर्घटनामा मृतक र घाइतेको सनाखत

गुल्मी, कार्तिक २८ । गुल्मीमा खेलाडी बोकेको जिप दुर्घटना भएको छ । बिहीवार राती करिब ११ बजे तिर गुल्मीको गुल्मीदरवार गा.पा. का वडा नं २ साविकको जुभुङको फोक्सिबास भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।

जिल्लाको सत्यवती गाउँपालिकामा सम्पन्न क्रिकेट प्रतियोगितामा सहभागी एभर ग्रीन युवा क्लबका क्रीकेट खेलाडीहरु बोकेर गाउँ फर्कँदै गरेको जिप दुर्घटना हुन पुगेको हो ।

“दुर्घटनामा १ जनाको मृत्‍यु भएको र ४ जना घाईतेलाई पाल्पा रिफर गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।”, दरबार गाउँपालिका वार्ड नं २ का अध्यक्ष हरिहर गौतमले गुल्मीन्युज डट कमसँग भने, “थप पुष्टी हुन भने बाँकी छ ।”

“थप विवरणको लागि मजुवा प्रहरी चौकीमा बुझ्नुहोला ।”, गौतमले भने । मजुवा प्रहरी चौकीमा बुझ्दा पनि १ जनाको मृत्‍यु भएको, ४ जना घाईतेलाई पाल्पा रिफर गरिएको र थप जानकारीको लागि जिल्ला प्रहरी कार्यलयमा बुझ्न अनुरोध गरियो ।

उता जिल्ला प्रहरी कार्यालयमा संपर्क राख्दा भने रातीको समय भएकाले दुर्घटना सम्बन्धी पुर्ण बिवरण आईनसकेको जानकारी प्राप्त भएको छ ।

जिप सडक भन्दा केही तल खसेको जानकारी प्राप्त भएको छ । दुर्घटनाको कारण र क्षती बारे भने बिस्तृतमा जानकारी आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D