इस्मा गाउँपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम प्रदान

टोपलाल अर्याल
गुल्मी, १० बैशाख । गुल्मीको इस्मा गाउँपालिकाको आयोजनामा न्यायिक समितिको लागि तीन दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।

गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको अध्यक्षता रहेको कार्यक्रममा न्यायिक समितिका पदाधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनैतिक दल, आमा समुहका प्रतिनिधीहरुको सहभागीता रहेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

सहभागीलाई जिल्ला समन्वय समिति गुल्मीका सहजकर्ता नेत्रलाल पाण्डेयले न्यायिक समितिको काम कर्तव्य र अधिकार, सामाजिक मेलमिलापका बारेमा प्रशिक्षण दिएका थिए । इस्मा गाउँपालिकाले प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा तीन सदस्य मेलमिलाप समिति बनाएको इस्मा गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक विमला खत्रीले जानकारी दिइन् ।

अहिलेसम्म इस्मा गाउँपालिकाको न्यायिक समितिमा ३३ वटा मुद्धाको मिलापत्र गरिएको र २२ वटा प्रक्रियामा रहेको संयोजक खत्रीले बताइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ