Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
कतारमा पञ्चे बाजामा नाच्दै पिकनिकमा रमाए पर्वतेहरु - Gulminews

कतारमा पञ्चे बाजामा नाच्दै पिकनिकमा रमाए पर्वतेहरु

दिल कुमार श्रेष्ठ
दोहा । कतारको पर्पल आयरल्याडमा पर्वतवासीहरुले आफ्नै गाउँ जन्मभुमि जस्तै नाच्दै हास्दै रमाउदै मज्जा लुटेको देखियो । आफ्नै गाउँ छिमेक, समाज र जिल्लावासीहरुलाई कतारमा समेट्दै मेलामिलाव र भाइचाराको भावनामा पर्वत समाज कतारले आन्तरिक बनभोज मनाए ।

हावा चलेको चिसो मौसमको मज्जा नाच्न, गाउनु र गाउनु र रमाउनु नै हो भन्ने कुरा बनभोजले प्रमाणित गरेको थियो । सामाजिक सद्भाव सत्कारसंगै आफ्ना दाजुभाई दिदीबहिनीहरुसंगको भेटघाटले अझै सुनमा सुगन्ध थपेको थियो ।

प्राय हप्ताको सुक्रबार ब्यस्त रहने सो पर्पल आयरल्यार्ड यो हप्ता पनि निकै व्यस्त देखिन्थ्यो । पर्वतेहरु नेपाली कलामा पञ्चेवाजामा तालमाताल मिलाउदै कम्मर मकाएको दृश्य हेर्न लायक थियो । रमाइलो गर्ने क्रमलाई जोड्दै समाजले घैटो फुटाउने खेल समेत आयोजना गरेको थियो ।

निश्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत नारा रहेको पर्वते कार्यक्रमा पुराना विषेश सहयोगी, कार्यसमिति र निर्वाचन समितिलाई सम्मान पत्रले सम्मान गरेको थियो । रमाइलोका लागी करिव १०० को हाराहारीमा देखिएका पवतेहरुको अनुहारमा खुसी त्यहाँ प्रष्ट देख्न सकिन्थ्यो । सामाजिक सेवामा आफ्नो कदमलाई अगाडी बढाउने क्रममा सदभाव र मेलामिलाव र भाइचाराको माया साट्ने उदेश्य समाजले पुरा गर्यो ।

समाजको साथ र सहयोगको लागी आफु सधै तत्पर रहने बताउदै शुभकामना मन्तब्य दिएका प्रमुख अतिथि भट्टराईले पर्वतेहरुको प्रगतिको खुलेर तारिफ गरे । जिल्लालाई एतिहासिक सफल ब्यबसायिक स्थान रहेको बताए । त्यसैगरि शुभकामना मन्तब्य दिने अतिथिहरुमा सस्थाका प्रतिनिधिहरु रहेका थिए ।

सस्थाका अध्यक्ष सविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थाका सस्ंथापक सदस्य भुपति भट्टराई रहेका थिए । उपस्थिति सम्पूर्ण दर्शक अतिथिहरुलाई सस्थाका प्रथम उपध्यक्ष श्याम न्यौपानेले स्वागत गर्दै आफ्नो मन्तब्य राखेको कार्यक्रमको संचालन सचिव शेषराज तिमिल्सिेनाले गरेका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D