रमेश विश्वकर्मा
गुल्मी, फागुन १ । जिल्लाको मालिका गाउँपालिका वडा नं. ६ अर्जैमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
मंगलबार दिउँसो दाउरा लिएर घर फर्कने क्रममा स्थानीय शीखर ठाटी भीरबाट करिब १ सय ५० मिटर तल खसी ७० वर्षीय रुमाकान्त ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खडकाले जानकारी दिनुभयो ।
साथै पोस्टमर्टम गरि शब आफन्तलाई बुझाईएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।