इन्द्रगौडा–छल्दी सडक खण्ड १० दिनका लागि बन्द

कौरव खत्री
गुल्मी, २८ मंसिर । गुल्मीको मुसिकोट नगरपालिका ५ को इन्द्रगौडा देखी छल्दी सम्मको सडकखण्डको बिचमा पर्ने भिरको मोटरबाटो कटिङ गर्नुपर्ने भएकोले १० दिनका लागि सडक पूर्ण रुपमा बन्द गरिने भएको छ ।

आज देखि अर्थात शुक्रवारबाटै आउँदो पौष ८ गतेसम्मका लागि मोटरवाटो पूर्ण रुपमा बन्द गरेर काम गर्नुपर्ने भएको मुसिकोट नगरपालिका ४ का वडाअध्यक्ष ओम बहादुर खत्रीले जानकारी दिए ।

अध्यक्ष खत्रीले भने दोभानबाट भग्लाङ् सम्मको झण्डै २ किलोमिटर सडक अन्तर्गत पर्ने मोटरवाटोको भिरलाई कटिङ गर्नुपर्ने भएकोले सडक पूर्ण रुपमा बन्द गर्नुपर्ने भएको बताए ।

साथै यात्रुहरुको सहजताका लागि दोभान–जेंगा हुँदै हाडहाडे सडक र भग्लाङबाट जेंगा हलोगाडे हुँदै झेदी–राक्सेको सडक भएर पनि वैकल्पिक मार्ग भएर सवारी साधनहरुलाई आवत जावत गर्न आग्रह गरिएको छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D