Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मी सेवा समाज कतारको ७ अाैं साधारणसभा सम्पन्न - Gulminews

गुल्मी सेवा समाज कतारको ७ अाैं साधारणसभा सम्पन्न

कतार, भदौ १० । “गुल्मी सेवा समाज कतारको प्रतिवद्दता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मुल नाराका साथ कतारमा क्रियाशिल रहेको गुल्मी सेवा समाज कतारको सातौं साधारणसभा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मानार्थ परिषद सदस्य टीबी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका परिषद मानार्थ सदस्य कमलमणि गुरागाई, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका द्वितीय उपाध्यक्ष सुदर्शन भट्ट, पूर्व अध्यक्ष विनेश तामाङ, बुद्दिजिवि तथा समाजसेवी क्रान्ति सिंह, प्रवासी नेपाली मंचका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितिका कावा महामन्त्री केदारनाथ भुसाल, नेपाली जनप्रगतिशिल मंचका सगठन बिभाग प्रमुख मोहन कार्की विशेष अथिति रहेका थिए ।

तराई मधेश प्रबासी मंचका अध्यक्ष हुसेन खान, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष देबराज राई, अन्तर्राष्ट्रिय नेपाली समाज नयाँ शक्ति कतारका संयोजक देव परियार, अन्तर्राष्ट्रिय मुस्लिम समाजका युवा संयोजक अख्तर अलि खान, नेपाल लोकदोहोरी गित प्रतिष्ठान कतार शाखाका अध्यक्ष कृष्ण बराल, नेपाली महिला सेवा समाज महासचिव अम्विका खत्री, समाज सेवी तथा व्यवसायी माया केसी पनि विशेष अथितिका रुपमा उपस्थित थिए ।

बसन्त फिल्मस् प्रालीका मेघ मोक्तान, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर बहादुर रोका, पर्वत सेवा समाजका अध्यक्ष चिन्तामणी पौडेल , संरक्षक छवीलाल भट्टराई, गुल्मी सेवा समाजका संरक्षक द्रोण बहादुर बस्नेत, सल्लाहकार विजय विक्रम बस्नेत, बिष्णुप्रसाद गौतम, भिम तरामु मगर सस्थापक सचिव अर्जुन बस्नेत, सस्थापक सदस्य सुरेन्द्र खाती लगायत विशेष अतिथि थिए ।

त्यस्तै, अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार, पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार लिलमचिदी मगर, प्युठान सेवा समाजका अध्यक्ष बलदेव राना, समाज सेवा अभियान रुपन्देहीका सचिव कृष्ण प्रसाद न्यौपाने, दाङ देउखुरीसेवा समाजका अध्यक्ष बसन्तराज पुरी, बाके प्रवासी सेवा समाजका अध्यक्ष प्रकाश कोइराला, प्रदेश न ५ समन्वय परिषदका सचिव डिल्लीराम भट्टराई, बाग्लुङ सेवा समाजका अध्यक्ष सागर पौडेल, गोरखा सेवा समाजका उपाध्यक्ष राजेश्वर ढकाल अथितिका रुपमा सम्मेलनमा उपस्थित थिए ,

साथै, मोरङ सुनसरी सेवा समाजका उपाध्यक्ष दिलिप पराजुली, मोना कतारका अध्यक्ष रमेस पौडेल, रोल्पा जलजला सेवा समाजका अध्यक्ष शिव बुढाथोकी, लमजुङ सेवा समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठ, दलित एकता संजालका किरण परियार, पत्रकार गणेश बन्जाडे, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका दिलकुमार रानाभाट साझा नेटवर्ककर्मीद्वय टेकराज थापा, चक्र चन्दलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सम्मेलनमा अथितिका रुपमा उपस्थित थिए ।

रोजगारीको सिलसिलामा कतारमा कार्यरत गुल्मेली तथा प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उल्लेख्य उपस्थितले कार्यक्रमको सभाहल खचाखच भरिएको थियो ।

प्रमुख अतिथि टीबी कार्कीले व्यानर अनावरण तथा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। संस्थाका उपाध्यक्ष झबिन्द्र आचार्यले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । कार्यक्रममा संस्थालाई अमुल्य योगदान दिनुहुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

संस्थाले आयोजना गरेका विभिन्न सांस्कृतिक एवम् अन्य विविध कार्यक्रहरुमा सहयोग गर्ने स्वयसेवक तथा कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि टीबी कार्कीले कतारमा स्थापित संघसंस्थामा गुल्मी सेवा समाजले गरेका विभिन्न समयमा सामाजिक कार्यको प्रशंसा गरे।

जबसम्म समाज सकारात्मक ढंगले चल्न सक्दैन, देशमा कुनै पनि परिवर्तन हुन सक्दैन। त्यसैले समाज नै देशको लागि अधार हो भएको उनको भनाई थियो । कार्यक्रममा कतारमा स्थापित संघसस्थाका प्रतिनिधि, समाजसेवी, वक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष एवम् सातौं साधारणसभाका सभापति पाण्डेले कार्यक्रम सफल बनाउन अमुल्य योगदान दिनुहुने सम्पूर्ण प्रति विशेष धन्यवाद दिए।

नव निर्वाचित कार्यसमितिको अध्यक्षमा झविन्द्र आचार्य, प्रथम उपाध्यक्ष लिलामणि पन्थी (कुमार अविरल) द्वीतीय उपाध्यक्ष मित्र वि एस, सचिव कमल अर्याल, सह–सचिव सुरज बिसी, कोषाध्यक्ष सुरज चन्द बोहोरा, सह–कोषाध्यक्ष लोक सुनार, क्षेत्रीय संयोजक क्षेत्र नं १ मिनप्रसाद पोख्रेल, क्षेत्रीय संयोजक क्षेत्र नं २ सुन्दर बस्नेत रहेका छन ।

सदस्यहरुमा देव लम्साल, हरि अर्याल, शिशिर कंडेल, कमल ज्ञवाली, गणेश ढकाल, टीकाराम गौतम, यमलाल पोख्रेल, अर्जुन कुँबर, दर्शन सुनार, ज्ञान बहादुर घर्ती, रिखा बहादुर दर्जी रहेका छन ।

कार्यकमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष आचार्यले संस्थालाई आगामी दिनमा अझ सशक्त एवम् कतारमा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई एक ढिक्का बनाउदै अगाडि बढ्ने प्रतिबद्ता व्यक्त गरे।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D