Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
फिन्निश नेपाली समाजले फिन्ल्यान्डमा तीज गीत प्रतियोगिता आयोजना गर्ने - Gulminews

फिन्निश नेपाली समाजले फिन्ल्यान्डमा तीज गीत प्रतियोगिता आयोजना गर्ने

सन्जु काउछा
हेल्सिन्की । फिन्ल्यान्डको राजधानी हेल्सिन्की भब्य तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ । फिन्निश-नेपाली समाजको आयोजनामा हरितालिका तीजको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । आगामी सेप्टेम्बर ०२ तारिख आईतबारका दिन हेल्सिन्की स्थित कोन्तुलामा सम्पन्न हुने कार्यक्रममा फिन्ल्यान्डका बिभिन्न स्थानहरुमा रहेका नेपाली संघसंस्था तथा दिदिबहिनीहरुको समुहले सहभागीता जनाउने अपेक्षा रहेको आयोजकहरुले बताए ।

फिन्ल्यान्डमा आफ्नो मौलिक कला र संस्कृति जगेर्नाको पहलमा एउटा छुट्टै पहिचान बनाएको फिन्निश-नेपाली समाजले नेपाली चाडबाडहरुमा हरेक बर्ष बिबिध कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । यस पटकको तीजमा पनि अघिल्लो बर्ष जस्ताइ बिशेष प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम नितान्त आफ्नै मौलिक कला र आफ्नै बाध्ध्यबाधनका साथ हुने भएकोले अत्यन्तै मनोरन्जनात्मक हुने पनि आयोजक कमिटिको दावी छ ।

फिन्ल्यान्डका बिभिन्न स्थानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भै भरपुर मनोरंजन लिनुहुन सँस्थाले फिन्ल्यान्डवासी सबैमा अनुरोध गरेको छ । यसपटकको कार्यक्रम अघिल्ला बर्षहरुमा भन्दा थापा ब्यवस्थित र भब्य हुने त्यस्तै उल्लेख्य मात्रामा नेपाली दाजुभाई दिदि-बहिनीहरुको उपस्थीती हुनेमा आफु बिश्वस्त रहेको समाजका अध्यक्ष हेमराज शर्माले बताए ।

१० युरो प्रवेश शुल्क तोकिएको कार्यक्रममा उपस्थित सबै दर्शकहरुलाई समाजले खानपिनको पनि ब्यवस्था गरेको छ । दिउँसो १ बजे देखी शुरु हुने कार्यक्रम बेलुका ९ बजे सम्म चल्ने बताईएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D