अनिल खत्री
२६ साउन गुल्मी । गुल्मीमा एक शैनिक अधिकृतले आफना बुवाको स्मृतिमा खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको बिरभद्रजंग गुल्मका गुल्मपति सेनानी जनमत काकीले आफना बुवा डम्मरबहादुर कार्कीको स्मृतिमा जिल्ला स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गरेका थिए ।
व्याडमिन्टन प्रतियोगिता साउन २४ गतेबाट बिहिवार शनिबार ३ दिन सम्म सञ्चालनमा आएको थियो । खेलको आयोजकमा नेपाल व्याडमिन्टन गुल्मी र मुख्य प्रयोजकमा गुल्मपती सेनानी कार्की परिवार रहेका छन् ।
तिन दिन सम्म सदरमुकाम तम्घासमा चलेको खेललमा बिभिन्न समुह बनाएर प्रथम,द्धितिय तृतिय प्रतियोगी छनोट गरिएको थियो । खेलमा ‘ए’ पलसमा प्रथम बालस्ंिह काउछा र हरिप्रसाद पाण्डेय समुह, द्धितियमा शेरबहादुर थापा र बासुदेव कुँवरको समुह भएका छन् ।
त्यस्तै ए पलसमै लालमणी पन्थी र सुरेश श्रेष्ठको सहमुह प्रथम, द्धितियमा भरत भलामी र राजन काउछाको समहु भएका हुन् । त्यस्तै तृतियमा झबिन्द्र बस्नेत नवराज श्रेष्ठको समुह, ज्ञानबहादुर भलामी र राजेन्द्र श्रेष्ठको समुह भएका छन् ।
खेलको ‘ए’ गुरुपको प्रथमा दुर्गाप्रसाद श्रेष्ठ,ओसन काउछा, द्धितियमा किरण बुढाथोकी र पूर्ण बुढाथोकी भएका थिए । खेलको ‘बि’ गुरुपको प्रथममा घनश्याम टण्डन र कृष्ण भण्डारी द्धितियमा कृष्ण पन्थी रचर्तुभुज पन्थी भएका थिए ।
त्यस्तै खेलको ‘सि’ गुरुपको प्रथममा प्रकाश बस्नेत र बिनोद महत समुह, द्धितियमा प्रगती शाक्य र टोपनारायण श्रेष्ठको समुह तृतियमा हिरा पुन र नवराज भुसाललको समुह रहेका छन् । ५ बिधामा सञ्चालन भएको प्रतियोगितामा प्रथम द्धितिया हुनेलाई क्रमश नगद रु ५ हजार मेडल प्रमाण पत्र, ३ हजार मेडल प्रमाण पत्रले रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लिराज भुसालले सम्मान गरेका थिए । खेलको तृतिय स्थाल ल्याउने प्रतियोगिलाई मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख भुसालले खेल कायोजना गर्ने आयोजक र आफना बुवाको स्मृतिमा खेल प्रयोजन गरेकोमा मेजर जनमत कार्कीलाई धन्यवाद दिएका थिए । एउटा ब्यक्तिको खर्चमा यति ठूलो कार्याक्रम आयोजना हुनुले यसले अन्य ब्याक्तिलाई सिको गर्ने अबसर दिलाएको बताए ।
उनले खेल खेल्नु स्वास्थ्य र देशको लागि फाइदा जनक रहेकाले खेल आयोजना गरेर खेल्नु पर्छ भन्ने भावना जगाउने मेजर कार्कीको काम निकै प्रशंसनिय रहेको बताए । प्रतियोगितामा जिल्ला भरका बिभिन्न स्थानबाट खेलाडीहरुको सहभागिता रहेको थियो ।
खेलकुद प्रतियोगितको ददर्ता शुल्कबाट जम्मा भएको रकम सदरमुकाम तम्घास स्थित २ जना मृगौला पिडितको उपचारमा सहयोग समेत गरेका छन् । जिल्ल्ला व्याडमिण्टन संघ गुल्मीले दर्ता शुल्कबाट उठेको पुरै रकम २ जना मृगौला पिडितलाई हस्तातरण समेत गरेको थियो । कार्यक्रमै पुरस्कृत भएका बिभिन्न समुहका सबै प्रतियोगिले आफुले प्राप्त गरेको रमक २ जना मृगौला पिडितको उपचारको लागि रकम प्रदान गरेका थिए । जिल्लाको सदरमुकाम तम्घास स्थित याडमिन्टन कभर्ड हल, र फिल्म हलमा सञ्चालन भएको प्रतियोगिता चलेको थियो । प्रतियोगितामा जिल्लाबाट ६० टिमको सहभागिता रहेको नेपाल व्याडमिन्टन गुल्मीका अध्यक्ष महेश काउछाले जानकारी दिए ।
खेल क्षेत्रमा निकै रुची राख्ने सेनानी कार्कीले जिल्लामा रहुन्जेल बिभिन्न खेलहरुलाई खेल्नु पर्छ भन्ने भावना जगाउनको लागि आयोजना गरेको बताए । खेल खेल्नु स्वास्थ्यको निम्ती र राष्ट्रको निम्ती पनि फाइदा रहेकाले मुख्य गरि खेल खेल्नु पर्छ भन्ने भावनाको बिकास गर्नु मुख्य उदेश्य रहेको कार्कीले बताए । केहि महिना जिल्लामा आएका मेजर कार्कीले केहि बिद्यालयहरुमा र अरु बिभिन्न संघ संस्थामा सामाजिक कार्यमा सक्रिए काम गर्दै आएका छन्