ईन्द्र थापा मगर
श्रावण २६ गते। म्याग्दीको म्याग्दी खोलामा खसेको ट्याक्सी एक हप्तासम्म खोजी कार्य गर्दा समेत अझै फेला पर्न सकेको छैन । गत शुक्रबार १८ गते विहान करिव एघार बजे बेनी नगरपालिका–७ बहुउद्देश्यीय मैदानमा ट्याक्सी सिक्दै गरेकी म्याग्दी मंगला गाउँपालिका–२ भाई बाङकी स्थायी घर भई हाल पर्वतको जलजला गाउँपालिका–२ बौर बस्ने २६ बर्षिया शोभा अधिकारी खाती र उनका ८ बर्षिय छोरा सागर सहित ध १ ज २५१ नम्बरको ट्याक्सी संगै खोलामा खसेका थिए ।
सिकारु महिला र छोरासंगै खसेको ट्याक्सीको खोजीकार्यलाई तिब्रता दिइए पनि खोलाको बाहवका कारण खोजी कार्य प्रभावित भएको थियो । म्याग्दी प्रहरीले पर्वत, बागलुङ लगाएत कालिण्डकी नदी बग्ने विभिन्न जिल्लामा जानकारी गराए पनि पानीको बाहव बढेका कारण खोजी कार्यमा खासै प्रगति नभएको जनाएको छ ।
लगातार खोलाको बाहव बढ्नुले पनि खोजी कार्य प्रभावित भयो,‘भेटिने सम्भावना निकै न्यून छ’ एक हप्तासम्म खोजी कार्यमा सक्रिय रहेका प्रहरीले भने । ट्याक्सी म्याग्दी खोला हुदै कालिगण्डकीमा मिसिएको प्रत्यक्ष दर्शीले बताए पछि प्रहरीले म्याग्दी र कालिगण्डकीको दोभानबाट खोजी कार्य गरेको थियो । तटिय क्षेत्रका बासिन्दालाई समेत खोजी कार्यमा सहयोग मागिए पनि प्रगति नभएपछि स्थगित भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेपत्ताका आफन्तले समेत केही दिन खोजीकार्य गरेका थिए ।
जिल्लाको बेनी बजारमा रहेको बेनी डाईभिङ्ग इस्टिच्युटमा नियमित ट्याक्सी सिक्दै आएकी थिईन् । प्रहरीले इस्टिच्युटका सञ्चालक कर्ण बहादुर घिमिरेलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान गरेसंगै बहुउदेश्यीय मैदानमा सवारी सिक्न प्रतिबन्ध लगाइएको थियो । बहुउदेश्यीय मैदानमा ट्याक्सी चलाइरहेकी शोभाले कृषि उपज केन्द्र नजिक ब्याक लिएर फर्काउने प्रयास गर्दा ट्याक्सी खोलामा खसेको थियो । बैदेशिक रोजगारमा जाने भन्दै महिलाले ट्याक्सी सिक्दै आएकी थिइन् ।
यसै बीच रघुगंगा गाउँ पालिका–१ तिप्ल्याङबाट कालिगण्डकीमा खसेको बोलेरो जीपमा सवार अन्नपूर्ण गाउँ पालिका–७ घराम्दीकी २० बर्षिया सबिता नेपालीको अवस्था अझै अज्ञात छ । घराम्दीबाट बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप तिप्ल्याङको काले ओडार र गाँउगोडाको सिमानामा बेनी नगर पालिका–९ काउले गौँडाका ३२ बर्षिय रवी खड्काले जीप संगै नेपालीलाई खोलामा खसालेका थिए । खड्कालाई प्रहरीले अपहरण, कर्तब्य ज्यानको दावी गरी ३५ बर्षको कैद सजायको माग गदैं मुद्धा दर्ता गरेको छ ।
ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन
ग्यास सिलिन्डर लिक भइ आगलागी हुँदा घाइते भएकी गुल्मी – १ का संसद डा. चन्द्र