गुल्मीमा भिरबाट लडेर एक बृद्धको मृत्यु

अनिल खत्री
१६ असार, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जना बृद्धको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ कालिगौडा निवासरी ७३ वर्षिय लाल बहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिए ।

सुनार घर नजिकैको बाटोबाट लडेर करिव ९० मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अत्याधिक मदिरा सेवन गर्ने सुनार मदिरा सेवनकै बेला लडेर मृत्यु भएको हुनसक्ने प्रहरी भनाई छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ