पहिरोका कारण सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल—पाल्पा सडक खण्ड शुक्रबार बिहानै पुनः अवरुद्ध भएको छ ।

बिहीबार रातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडक अवरुद्ध भएपछि बुटवलबाट उत्तरतर्फ पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने गाडी बीचबाटोमा रोकिएका छन् ।

पटकपटक पहिरो जाने र सडक अवरुद्ध हुने क्रम बढेपछि केही दिनअघि मात्रै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले पहिरो गइरहने क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा यसवर्ष मात्र तीनपटक पहिरो खस्दा करीब एक साताभन्दा बढी दिन आवागमन अवरुद्ध भएको छ भने पहिरोमा पुरिएर एक सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D