पत्रकार घिमिरेको पत्नीलाई गुल्मी सेवा समाज कतारको आर्थिक सहयोग

१९ बैशाख गुल्मी । स्तन क्यान्सर पिडित गुल्मीका पत्रकार जनार्दन घिमिरेको पत्नी सारदा घिमिरेलाई आर्थिक सहयोग भएको छ । पत्रकार घिमिरेको पत्नीलाई उपचारमा थप सहयोग गर्न भन्दै गुल्मी सेवा समाज कतारले सहयोग गरेको हो ।
समाजका सचिव कुमार अबिरल पन्थीले जिल्लाको सदरमुकाम तम्घासमा पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्री मार्फत रु ४२ हजार १ सय रुपयाँ हस्तातरण गरेका हुन् । पन्थीको बिशेष पहलमा गुल्मीबाट कतारमा रहेका नेपालीहरुको संस्था गुल्मी सेवा समाज र साझा नेटवर्क अनलाइनको सयुक्त अभियानमा सहयोग संकलन गरेर उपचारमा सहयोग गर्ने उदेश्यले सहयोग गरेको बताए ।
नेपालबाट प्रवासमा रहेर आफनो जन्म भुमि प्रति केहि सहयोग गरौ भन्ने उदेश्यले गुल्मेलीहरु एक जुट भएर समाजले गुल्मी जिल्लामा बिभिन्न रोगबाट पिडितहरु,दैबिक प्रपोक पिडितहरु लगायतलाई सहयोग गर्दै आएको पन्थीले बताए । पत्रकार घिमिरेको पत्नीको उपचारमा सहयोग गर्नेहरुलाई महासंघ गुल्मीमा उपाध्यक्ष अनिल खत्रीले धन्यवाद दिएका थिए ।
उपाध्यक्ष खत्रीले प्रवासमा रहेर पनि जिल्लावासीको दुख पिडामा मलम लगाउने प्रयास गर्ने प्रवासी नेपालीहरुको योगदान ठुलो रहेको बताए । पत्रकार घिमिरेको पत्नी स्तन क्यान्सरबाट गत वर्ष देखि काठमाडौमा उपचारत छन् । उपचारमा ठूलो रकम लाग्नेभएसँगै उनको उपचारमा सहयोग गर्न भन्दै अभियान चलाइएको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D