Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
घरगोठ जल्दा एकको मृत्यु, श्रीमान बेपत्ता देवरको मृत्‍यु हुँदा रुपी पुनको बिचल्ली - Gulminews

घरगोठ जल्दा एकको मृत्यु, श्रीमान बेपत्ता देवरको मृत्‍यु हुँदा रुपी पुनको बिचल्ली

प्रेम सुनार
गुल्मी, बैशाख १२ । गत केहि दिन यता गुुल्मीका विभिन्न गाउँमा आगालागीका घटना बढेका छन् । पछिल्लो चरण गएराती धुर्कोट गाउँपालिकाको एक गोठमा आगोलागी हुँदा एक जनाको ज्यान गएको छ भने पशु सहित लाखौंको क्षति भएको छ ।

धुर्कोट गाउँपालिका वडा नम्वर–३ हाडहाडे स्थित सोमरभोमरका ६० वर्षिय कृष्णबहादुर पुनको गोठमा आगो लागी हुँदा जलेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले दिएको जानकारी अनुसार हिजो दिनैभर वारी जोतेर साँझ खान खाई गोठमा सुतेका पुनको तल पानी तताउन वालिएको आगो सल्कीँदै गोठको घाँस परालमा सल्कीदै जाँदा राती करिव ११ वजेको समयमा जलेर मृत्यु भएको हो ।

त्यस्तै दुई वटा पाठा पाठी जलेर मरेका छन् । एउटा वाख्रो जलेर घाईते भएको छ । अहिले शव पोष्टमार्टमका लागि ल्याईएको र क्षति अनुमान गरिदै छ । धुर्कोट गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुबहादुर थापा श्रीसले त्यस परिवारमा विचल्ली परेको बताए ।

एक महिना अघि देखि पुनका दाजु वालसिंह पुन वुटवलमा उपचार गर्न जाँदा अहिले सम्म वेपत्ता भएका छन् । अहिले मृत्यु भएका पुन हाल सम्म अविवाहित थिए । मृतककी भाउजु रुपी पुनले श्रीमान वेपत्तासंगै देवरको मृत्यु हुँदा आफुहरु विपदमा परेको बताईन् ।

त्यस्तै छत्रकोट गाउँपालिकामा दुई परिवारको घर गोठ जलेको छ । छत्रकोट गाउँपालिका वडा नम्वर ३ हर्दिनेटा भतेरपाटाका गंगा पन्थी गोठ जलेर दुई वटा वाख्रा मर्नुका साथै लाँखौंको क्षति भएको हर्दिनेटाका हेमन्त सुनारले बताए ।

सोही गाउँपालिका हर्दिनेटा कुँडाराका गोपाल दर्जीको घर गोठ जल्दा उनि छिमेकीको गोठमा आश्रय लिने भएका छन् । विपन्न परियारको खाने खर्च समेत नभएर मानो उठाउनु पर्ने अवस्था रहेको बताईएको छ । घर गोठ, जिन्सी सहित करिव ५ लाख वरावरको क्षति भएको स्थानि पार्वता पन्थीले बताईन् । त्यो परिवारको उद्धारका लागि उनले सवै संग सहयोगको अपिल गरेकी छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D