गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले कोरियाली नयाँ बर्ष सलनालको अवसर पारेर फेब्रुरी १६ तारिखको दीन नेपालका बिसेष ख्यातिप्राप्त कलाकारहरुको साथमा रेसुंगा संस्कृतिक झलक भाग ३ को आयोजना गर्ने भएको छ l
जिल्लाका अनाथ, असाहय बालबालिकाको शिक्षा को लागि छात्रवृत्ति अक्षयकोष निर्माण तथा लुम्बिनी आवास गृहको लागि थप आर्थिक सहयोग गर्ने उदेश्यका साथ गर्न लागिएको उक्त कार्यक्रमको लागि नेपाल बाट बोलाइने कलाकारहरुको नामावली छिट्टै प्रकाशित गरिने संस्थाका उपध्य्क्ष कृष् गुल्मेली बाबुले बताएका छन् l
गत हप्ता एनसीसी कोरियाबाट बिबाद रहित तरिकाले कार्यक्रम गर्न अनुमति पाएको यस संस्थाले ३ बर्षपछी पुनः सांस्कृतिक कार्यक्रम गर्न लागेको हो l यस भन्दा पहिला सन् २०१४को सलनालमा रेसुंगा सांस्कृतिक झलक भाग २ सफल रुपमा सम्पन्न गरेको थियो l