Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
अपडेट : गुल्मी दुर्घटनामा मृत्युको संख्या १० पुग्यो, ७ को सनाखत, बाँकीको हुँदै - Gulminews

अपडेट : गुल्मी दुर्घटनामा मृत्युको संख्या १० पुग्यो, ७ को सनाखत, बाँकीको हुँदै

प्रेम सुनार
कार्तिक–१३ , गुल्मी । भर्खर प्राप्त समाचार अनुसार थप १ को सनाखत भएको छ। इश्मा गाउँ पालिका – २ हस्तिचौर कि छुमी नेपाली रहेको प्रहरीले जनाएको छ। यस संगै सनाखत हुनेहरुको संख्या ७ पुगेको छ भने दुर्घटनामा परि मृत्यु हुनेमा ४ जना महिला र ६ जना पुरुष रहेका छन्।

यो पनि पढ्नुहोस्:

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा ४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउंपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा १० जनाको मृत्यु भएको र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास छुटेको पनि बिचमा सवारी थपेको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा र ३ जनाको पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ४ जना महिला ६ जना पुरुषको मृत्यु भएको छ।
मृत्यु हुने मध्ये ४ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका ९ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका राम प्रसाद पाण्डेय, मुसिकोट ३ का ५० बर्षिय मान कुमारी थापा मगर, व्रटिश वेलफेयर तम्घासका स्टाफ केवी गुरुङ ,चालक भमि घर्ति, अर्जै गुल्मीका लालबहादुर मुखिया रहेका छन् । गाडीका चालकको पनि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।

सनाखतको लागी शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । घाइतेहुनेहरुमा १ जना महिला ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ ।
गाडीमा सवार चालक सहित १७ जना रहेका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटना स्थलमा प्रहरी शसस्त्र प्रहरी स्थानियले उद्धार गरेका थिए ।
दुर्घटनामा परेको गाडी सड्कबाट करिव ३ सय मिटर भन्दा वढी तल खसेको थियो । गाडीको तिब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटना स्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D