गुल्मीमा जेसिबी दुर्घटना हुँदा २ जना घाइते

टोपलाल अर्याल
गुल्मी, ९ कार्तिक । गुल्मीको छत्रकोट गाउँपालिका ५ भगवत भन्ने स्थानमा जेसिबी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । मानकोटदेखि हर्दिनेटाका लागि छुटेको लु १ क १२१० नम्बरको जेसिवी दुर्घटना हुँदा सोहि स्थानका २३ बर्षिय चालक तुल बहादुर नेपाली गम्भिर घाइते भएका छन् । उनको पाल्पामा उपचार भइरहेको छ ।

सामान्य घाइते भएका सहचालक १५ बर्षिय सुमन कुमालको स्थानीय स्वास्थ्यचौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सु्चना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताए । जेसिबीको ब्रेक फेल भएर सडकबाट ८० मिटर तल झरेको थापाले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ