सन्जु काउछा
गुल्मी, कार्तिक २३ । कार्तिक २३ गते बुधवार राती २ बजेर १२ मिनेटमा गुल्मी सहित देशका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुन्ज केन्द्र बिन्दु बनाएर बुधवार राती २ बजेर १२ मिनेट जाँदा ६.६ रेक्टरको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघी सोही केन्द्रबिन्दु बनाएर केही घण्टा पहिले अर्थात मंगलबार बेलुका ९ बजेर ७ मिनेट जाँदा ५.७ रेक्टर र १० बजेर ५६ मिनेट जाँदा ४.१ रेक्टरको भुकम्म गएको थियो ।
भुकम्पको धक्का गुल्मी सहित देशका बिभिन्न स्थानहरु र भारतमा समेत महशुस गरिएको ट्विटर लगायतका सामाजिक सन्जालहरुमा जनाईएको छ । भूकम्पले कहाँ कहाँ कती क्षती पुर्यायो वा कुनै भौतिक क्षति पुर्याएको-नपुर्याएको विवरण भने प्राप्त भैसकेको छैन ।
An Earthquake of ml 6.6 occurred around Khaptad Baba Ashram (Khaptad National Park) of Doti District at 02:12 on 2079/07/23. NEMRC/SC/DMG.@NEOCOfficial @NDRRMA_Nepal
— NEMRC, Nepal (@NepalNsc) November 8, 2022