gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

खड्गदेवी युवा क्लवको खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

कौरव खत्री
गुल्मी, १३ कार्तिक । दिपावलीको अवसर पारेर खड्गदेवी युवा क्लव मुसिकोट नगरपालिका २ मुसिकोट रातचौरको खेलकुद तथा सास्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

खुल्ला भलिबल प्रतियोगितामा आयोजक खड्गदेवी युवा क्लव मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर गुल्मी प्रथम, मनेवा पाटा बागलुङ द्वतीय भएको छ । भलिवल प्रतियोगितामा विजेता समुहहरूलाई नगद पुरस्कार र मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यस्तै ११ समुहको सहभागिता रहेको खुल्ला रेकर्ड डान्स प्रतियोगितामा बडिगाड गाँयपालिका २ बागलुङ्गकी प्रिती बस्नेत प्रथम,खड्गदेवी युवा क्लव मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर गुल्मी द्धतीय र मुसिकोट नगरपालिका ९ददल्का गुल्मीकी पिङका दर्जी तृतीय भएकी छन । प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै भाले छोपाई प्रतियोगितामा मुसिकोट नगरपालिका २ आरूपाटाका निशान खत्री उत्कृष्ट भएका छन् । साथै घैटोफोर प्रतियोगिता तर्फ मुसिकोट नगरपालिका २ का मनिष खत्री प्रथम भएका छन् । त्यस्तै महिला कुर्ची दौड प्रतियोगितामा मुसिकोट नगरपालिका २ मुसिकोट रातचौरका जिना शाही ठकुरी प्रथम,सोही मुसिकोट नगरपालिका २ सारूटोलाकी समिक्षा सारू द्वितीय र मुसिकोट नगरपालिका ९ ददल्काकी पिङका दर्जी तृतीय भएकी छन् ।

गत कार्तिक ११ गतेदेखि शुरू भएको कार्यक्रम आइतबार सम्पन्न भएको थियो । कार्यक्रममा क्लवलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनु हुने व्यक्तिहरु तथा चन्दादाताहरुलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रम खड्गदेवी युवा क्लव मुसिकोट नगरपालिका २ मुसिकोट गुल्मीका अध्यक्ष रविन्द्र के.सी.को अध्यक्षता तथा समाजसेवी जनक बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम खड्गदेवी युवा क्वलकी सचिव माया थापाको स्वागत मन्तव्यसँगै शुरू भएको कार्यक्रमको सञ्चालन भने क्लवका उपाध्यक्ष रामप्रसाद आचार्य र निशान खत्रीले सञ्चालन गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D