Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
कतारमा अलपत्र परेका गुल्मीका राजेश नेपाल फर्किए - Gulminews

कतारमा अलपत्र परेका गुल्मीका राजेश नेपाल फर्किए

कुमार अविरल पन्थी
कतार । विगत ६ महिनादेखि कतारमा अलपत्र परेका गुल्मी मदाने गाउपालिका वडा न. ६ पुर्कोटदहका राजेश घर्तीलाई उद्धार गरिएको छ । कतारमा सामाजिक क्षेत्रमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले राजेसलाई उद्धार गरी स्वदेश फर्काएको हो ।

बुटवल घरभै कतारमा वस्दै आएका लिला जिसिको समन्वयमा राजेश घर्ति सहित खोटाङका दिनेश कटुवाल, गंगा बहादुर कटुवाल, विर बहादुर खड्का, सुर्खेतका जीत बहादुर विक भोजपुरका इरज राई र संखुवासभाका पुस्प भारतीलाई उद्धार गरी गत सनिवार नै नेपाल फर्काइ सकिएको छ ।

काठमाडौंको बसुन्धरा स्थित राप्ति प्लेसमेन्ट सर्भिसबाट अन्टारटिक ट्रेडिङ एण्ड कन्ट्रयाक्टिंग कम्पनीमा आएका उनीहरुले न त नेपालमा भने बमिजोम सुबिधा नै पाए नत तलब नै पाए । ६ महिनासम्म काम गर्दा समेत कम्पनीबाट तलब सुबिधा नपाएपछी उनीहरु समस्यामा परेका थिए । उनीहरु आएको राप्ति प्लेसमेन्ट सर्भिसका सञ्चालक र कतारमा कामदार सप्लाइ गर्ने रविन्द्र अधिकारी रहेको रहस्य खुल्न आएको छ ।
rajesh-gharti
कम्पनीमा अन्य नेपाली कामदारहरु बिष्णु ब. सेन पाल्पा, गणेश बगाले, सुमन लिम्बु झापा, बिष्णु चौधरी सप्तरी, श्याम लिम्बु, प्रकाश लिम्बु तेह्रथुम, बन्दन परियार भोजपुर, कविराज बुढामगर, नविन बुढामगर प्यूठान,सुर्य थापा उदयपुर, बर्मा प्रसाद, आमन कार्की रुपन्देही, बसन्त राई धादिङ, कमल राई धनकुटा, जस ब.मोक्तान ईलाम, जितमान तामांग पाँचथर, पल्तु चौधरी दाङ रहेको उनीहरुले बताएका छन् ।

पिडितहरुलाई उद्धारमा सहयोग गर्ने नेपाली राजदुतावास कतार, लिला जिसी लगायत उद्धारमा सहयोग पुराउने सबैलाई गुल्मी सेवा समाज कतारले धन्यवाद व्यक्त गरेको छ ।

नेपाल फर्किन पाएर निकै खुसि बनेका पिडितहरु भन्छन – गुल्मी सेवा समाज, नेपाली राजदुतावास कतार, लिला जिसी लगायत हामीलाई उद्धार गर्ने यहाँहरु हाम्रो लागि भगवान समान हुनुहन्छ । जसले हामीलाई यो परदेशको ठाउमा कष्टकर जीवनबाट उद्धार गर्नुभयो ।

यहाँहरुको यो गुण कहिले भुल्ने छैनौ भन्दै बिशेष धन्यवाद प्रकट गरे । साथै उनीहरुलाई सहयोग पुराउने यहाका बिभिन्न सामाजिक सस्थाहरु प्रति पनि आभारी रहेको बताए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D