लिस्बन, ०६ मार्च । गुल्मी जिल्ला स्थाई घर भएका एक जनाको पोर्चुगलमा निधन भएको छ । गुल्मी घर भएका अन्दाजी ४५ बर्षिय एक पुरुषको आफ्नै कोठामा सुतिरहेको अवस्थामा निधन भएको हो ।
लिस्वनस्थित ग्रासामा कोठा भाडामा लिएर बस्ने गरेका ती पुरुष मृगौलाको बिरामी भएको पनि थाहा हुन आएको छ । अहिले एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकरी तथा वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठ लगायतको टोली घटना स्थलमा पुगी घटनाको जानकारी लिई तथा शवलाई पोष्टमार्टमको लागि अस्पताल पुर्याईएको छ ।
घटनास्थलबाट एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले दिएको जानकारी अनुसार बेलुका करिब ८ बजेको समयमा सुतिरहेकै अवस्थामा निजको निधन भएको देखिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।