लुम्बिनी प्रदेश मन्त्री राना, लुम्बिनी प्रदेश काङ्ग्रेस उपसभापति श्रेष्ठ र गुल्मी काङ्ग्रेस बीच अन्तरक्रिया

सन्तोष महतारा
गुल्मी, ०३ माघ । नेपाली काङ्ग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशकाका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर राना, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ र नेपाली काङ्ग्रेस गुल्मीबीच अन्तरक्रिया गरिएकाे छ । विभिन्न कार्यक्रममा सहभागी हुन गुल्मी आएका काङ्ग्रेस नेता रानासँग नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति श्रेष्ठ र नेपाली काङ्ग्रेस गुल्मीबीच अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियाकाे क्रममा गुल्मी अस्पतालकाे नाजुक अवस्था, जिल्लाका अन्य विकास निर्माणका याेजनाहरु, लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको निर्वाचन, आउँदाे स्थानीय तह र प्रदेशकाे निर्वाचन, ५ दलीय गठबन्धनकाे प्रदेश तहको अवस्था र समसामयिक बिषयवस्तुकाे सम्बन्धमा छलफल गरिएको नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ ।

नेपाली काङ्ग्रेस गुल्मीले उर्जा, जलस्रोत र सिँचाइ सम्बन्धि गुल्मीमा भएका समस्याहरु मन्त्री रानासामु राखेका थिए । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले मन्त्रालयबाट गुल्मीसहित समग्र लुम्बिनी प्रदेशमा जनताको भावना बुझेर सहयोग गर्न आग्रह गरेका थिए ।

नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले गुल्मी जिल्लाबाट प्रदेश तथा केन्द्रमा पटकपटक थुप्रै मन्त्रीहरु बनेपनि सर्वसाधारणकाे जीविकोपार्जनसँग जाेडिएर केही काम नभएकोले त्यसतर्फ प्रदेशले ध्यान दिनकाे लागि मन्त्री रानालाई आग्रह गरेका थिए । जिल्ला सभापति पन्थीले विकास निर्माणको सन्दर्भमा प्रदेशभर एकैनाशले अघि बढ्न आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेपाली काङ्ग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रानाले आफ्नो मन्त्रालयबाट हुने सबै काम पारदर्शी, समानुपातिक तथा जनताको भावना अनुरुप काम हुने बताएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ