Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा २ हजार ५ सय रुपैंँयामै प्याराग्लाइडिङ, पोखरामा तिर्नुपर्छ ६ हजार ५ सय - Gulminews

गुल्मीमा २ हजार ५ सय रुपैंँयामै प्याराग्लाइडिङ, पोखरामा तिर्नुपर्छ ६ हजार ५ सय

हुमाकान्त पोखरेल
गुल्मी, १३ कात्तिक । सामान्यतया प्याराग्लाइडिङ चढ्न कति लाग्छ ? गुल्मीबाट प्याराग्लाइडिङमा उड्नको लागि पाल्पा, पोखरा लगायतका स्थानमा जानुपर्छ । अधिकाशं पर्यटकहरु पोखरा नै पुग्ने गर्दछन् । पोखरामा अहिले एकपटक प्याराग्लाइडिङमा उडेको ६५ सय लाग्छ । तर गुल्मीको मदानेमा २५ सयमै प्याराग्लाइडिङको अनुभव लिन सकिन्छ । मदाने गाउँपालिकाले संघीय सरकारसँगको साझेदारीमा दुई हजार पाँच सयमै प्याराग्लाइडिङको आनन्द लिने व्यवस्था मिलाएको छ । जुन एकदमै न्यूनतम रकम हो । गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलका अनुसार गाउँपालिकामा प्याराग्लाइडिङको प्रचार–प्रसार र प्रवद्र्धनका लागि एक हप्ते प्याराग्लाइडिङ महोत्सव नै सुरु गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर २ बाँझकटेरीको थामकोटबाट प्याराग्लाइडिङको उडान भइरहेको छ । उक्त ठाउँबाट दुईबर्षअघि परीक्षण उडान गरिएको थियो । ११ गतेबाट सुरु भएको महोत्सव १७ गतेसम्म चल्नेछ । उक्त अवधिभर एकपटक प्याराग्लाइडिङमा सयर गरेको भिडियोसहित दुई हजार पाँच सय शुल्क तोकिएको पोखरेलले जानकारी दिए । तीन दिनसम्म कुल ४१ जनाले प्याराग्लाइडिङको अनुभव लिएका छन् । मदानेका साथसाथै मालिका, इस्मा, प्युठान तथा अर्घाखाँचीका पर्यटक समेत प्याराग्लाइडिङ चढ्न आएको सूचना अधिकारी पोखरेलले जानकारी दिए । प्याराग्लाइडिङ उडानको लागि पोखराबाट पाँचजना पाइलन मदानेमा छन् ।

विदेशी पर्यटकको बढी सम्भावना

हाल पोखरामा एकपटक प्याराग्लाइडिङमा उडेको छ हजार पाँच सय भएको तर गुल्मीको विकट गाउँमा दुई हजार पाँच सयमा प्याराग्लाइडिङ चढ्न पाउनु स्थानीयको लागि अवसर भएको पाइलट भुवन गाहाले प्रतिक्रिया दिए । उनका अनुसार वातावरणका हिसाबले बिहान नौ देखि १० बजेबाट उडान गरिएको छ । वातावरण सफा भएमा दैनिक १० जनासम्मलाई घुमाउन सकिन्छ । एकजनाको यात्रा १५ देखि ३० मिनेटसम्मको हुनेछ । पाइलट गाहाले प्याराग्लाइडिङको सम्भावना पोखराभन्दा पनि मदानेमा बढी रहेको प्रतिक्रिया दिए । ‘पोखरामा हवाइजहाजको बाटोले गर्दा धेरै उडान हुँदैन, आकाश लिनुपर्छ ।’ उनले भने, ‘यहाँ (बाँझकटेरी) मा त्यस्तो समस्या छैन, धेरैभन्दा धेरै विदेशी पर्यटक आउने सम्भावना छ ।’

सडक सहज बनाउनुपर्ने

बाँझकटेरीको थामकोटबाड उडान गरेको प्याराग्लाइडिङ म्यालपोखरीको सेरमा ल्यान्डिङ गर्छ । ल्यान्डिङ गरेको पाइलट र सामग्री पुन थामकोटमै ल्याउनुपर्छ । तर थामकोटदेखि सेरसम्मको सडक अवस्था नाजुक हुँदा भने समस्या परेको पाइलट गाहाले बताए । त्यसका साथै उड्ने र झर्ने ठाउँमा आवश्यक पूर्वाधार बनाउने र सडकको अवस्था सुधार गरेमा प्याराग्लाइडिङको धेरै राम्रो सम्भावना भएको उनले बताए ।

नियमित गर्ने प्रक्रियामा छौ ः पालिका

गाउँपालिका उपाध्यक्ष सरिता खड्काले पालिकाको दुई लाख ५० हजार र संघीय सरकारको सात लाख सहयोगमा प्याराग्लाइडिङ संचालन गरेको बताईन् । त्यसका साथै सडक सुधार्न र आवश्यक पूर्वाधार निर्माण गर्न पनि आफुहरु लागिपरेको उनको भनाई छ । प्याराग्लाइडिङ उडाउने क्षेत्रबाट मदाने लेक, टोप्रे लेक, धवलागिरी र माछापुच्छ«े हिमाल लगायतका मनोरम दृष्यहरु देख्न सकिन्छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D