Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
कस्तो छ गुल्मी प्रशासनको चाडपर्व लक्षित सुरक्षा रणनिती ? कहाँ कहाँ के भयो के हुँदैछ ? - Gulminews

कस्तो छ गुल्मी प्रशासनको चाडपर्व लक्षित सुरक्षा रणनिती ? कहाँ कहाँ के भयो के हुँदैछ ?

टोपलाल अर्याल
गुल्मी, १७ असोज । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मी पर्व केन्द्रित यात्रु सहायता कक्ष संचालनमा ल्याएका छन् । जिल्लाको मुख्य प्रवेशद्धार रिडी, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्कमा सहायता कक्षा संचालन गरिएको हो । मुख्य चाड दशै र तिहारमा स्वदेश तथा परदेशबाट नागरिक आउनेक्रम बढि हुन्छ ।

यात्रु र यातयातको चापलाई व्यावस्थापन गर्न यात्रु सहायता कक्ष संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्ण प्रसाद आचार्यले बताए । सहायता कक्षमा यात्रुहरुको समस्याहरु समाधन गर्न नेपाल प्रहरी र ट्राफिक प्रहरी, स्वास्थ्य सामग्री र खानेपानीको समेत व्यावस्था गरिएको छ । चाडपर्वको बेला यात्रुले गाडी नपाउने, भाडा सवारीधनीले दोब्बर असुल्लने, क्षमताभन्दा बढि लिने समस्या बढि हुने गरेका छन् । त्यस्ता समस्या परे सहायता कक्षमा तत्काल जानकारी दिन गुल्मी प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । कोभिड संक्रमण पनि संगै रहेकाले स्वास्थ्य सुरक्षासंगै यात्रालाई व्यवस्थित बनाउन यात्रुहरु पनि सचेत रहन भट्टराईले आग्रह गरे ।

व्यस्त बजार र साँघुरो सडक भएकाले तम्घास बजारमा ट्राफिक व्यावस्थापनको चुनौति बढि छ । अझ चाडपर्वको बेला यात्रु, सेवाग्राही, सवारी साधनसंगै लोड अनलोडको कारण ट्राफिक जाम पर्ने समस्या पटक–पटक हुन्छ । सोहि अवस्थालाई मध्य नजर गरेर तम्घास बजार क्षेत्रभित्र अहिले दैनिक विहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । गाउँबाट नागरिक आउने, कार्यालय समय तथा विद्यालय खुल्ने समय एकैचोकी भएकाले टिपर, ट्रक र ट्याक्टर लगायतका ठूला सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको हो । यातयात व्यावसायी र प्रशासनबिच भएको बैठकमा सवारीको चाप व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाका नगर प्रहरी पनि खटाउने, सवारीमा भाडादर देखिने गरेर टाँस्ने र सबैले मास्क अनिवार्य लगाउने बिषयमा सहमती भएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जिल्लामा दशै र तिहारलाई केन्द्रित गरेर सुरक्षा रणनिती पनि बनाइएको बताए । उनले मुख्य मेला लाग्ने स्थानहरुको पहिचान गर्ने, कम जनशक्तिकाबिच बढि सक्रियता देखाउने, स्थानीय तहहरु संग समन्वय र सहकार्य गरेर मेला व्यावस्थापन, सडक मर्मत, यातयात व्यावस्थापन र जुवातास तथा अन्य अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने बिषयमा योजना बनाई सकिएको पौडेलले बताए । प्रहरी प्रशासनको प्रयासले मात्रै सवै नहुने भएकाले समुदाय र नागरिकबिच प्रहरी प्रशासनको सहकार्य आवश्यक रहेको बताए । साथै पौडेलले बिद्यालयमा कोभिड जोखिम बढेको बिषयलाई स्वास्थ्य र शिक्षा तथा समन्वय इकाई मार्फत बिद्यालयहरुमा स्वास्थ्य सुरक्षा र मापदण्डका बिषयमा सचेत बनाउने काम भएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D