टोकियो । लामो समयदेखि टोकियोमा ब्यबसाय गर्दै आउनु भएका गुल्मी मुसीकोट निवासी किसन केसीको असामयिक निधन भएको छ । उहाँको शनिबार ५६ बर्षको उमेरमा उपचारका क्रममा टोक्यो तेइसीन अस्पताल ईदावासीमा असामयिक निधन भएको हो ।
वामी सेवा समिति जापानका अबिभावकका रुपमा परिचित केसीको निधनले समिति मर्माहीत र स्तब्ध भएको एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
समितिले दुःखको यस घडीमा स्वर्गीय किसन केसी आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समबेदना ब्यक्त गरिएको छ ।
यसैबीच स्व केसीको २१ अगष्ट सोमबार अन्त्यष्टि गरिने छ । समितिका अनुसार टोक्यो माचिया साइजोमा दिनको ३ बजे हुने अन्त्येष्टि कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित केसी विगत २ महिनादेखि उपचार गराइरहनुभएको थियो । उहाँका श्रीमती र चार छोराछोरी जापानमै रहेका छन् । -नेपाल जापान डट कम