अनिल खत्री
१२ भदौ, गुल्मी । रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पिसिआर परिक्षण मेशिन फिर्ता गरिएको नभई जडान गर्दा समस्या देखिएकोले मर्मतको लागि पठाईएको बताएका छन् । नगरपालिकालाई बिग्रेको मेसिन दिएको र फिर्ता पठाईएको भन्ने कुरा हल्ला मात्र भएको मेयर भुसालले बताए । मेसिनमा प्राबिधिक कुराहरु मिलाउनु पर्ने भएकाले त्यसलाई फिर्ता गरिएको नभई मिलाउनको निम्ति पठाइएको नगर प्रमुख भुसालको भनाई छ ।
केहि दिनमा सोहि मेसिन वा अर्को मेसिन आउने र अब केहि दिनमै जिल्लामै कोरोना परिक्षण हुने भुसालको भनाई छ । उताबाट मेसिन आउन ढिलो गरे प्रदेशबाट मेसिन ल्याएर भएपनि जिल्लामै कोरोना परिक्षण अगाडी बढने नगरप्रमुख भुसालले बताए ।
गुल्मीमा कोरोना परिक्षण हुने भएको छ । जिल्लामा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस संचालनको लागि यहाँका स्थानीय तहहरुले तयारीलाई अगाडी बढाएका छन् ।
जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार र निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन हुने भएको हो । गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परिक्षण गर्न परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले कोरोना परिक्षण गर्ने पिसिआर मेसिन गत साउनमा रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।
मन्त्री ज्ञवालीले जिल्ला विपद व्यवस्थापन समिति मार्फत रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालललाई मेसिन प्रदान गरेका थिए । प्रदान गरिएको मेसिनलाई प्राबिधिक कारणले चिनमा पठाइएको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले बताए ।
ठूलो बिपत्ति नआए भदौ २५ गतेबाट जिल्लामा कोरोना परिक्षणको लागि तयारी अगाडी बढाइएको मेयर भुसालले बताए । रेसुङ्गा नगरपालिका मार्फत प्रयोगशालाका अन्य उपकरण खरिद गर्न छलफल भइरहेको छ ।
उपल्लो तम्घासमा तत्कालिन महिला विकासको कार्यालयमा ल्याव ंसंचालन गर्ने निर्णय भएको छ ।कोरोना परिक्षण गर्न जल्लाका १२ वटै स्थानीय तहले सहयोग गर्ने गरि तयारी गरिएको हो ।
जिल्लाबाट कोरोना परिक्षणको लागि भैरहवा पठाउनु पर्ने र रिर्पोट आउन धेरै समय लाग्ने भएपछि केहि समय पहिलेबाट स्थानीय तहले सदरमुकाम तम्घासमा कोभिड अस्पताल र ल्याब संचालन गर्न प्रयत्न गरिरहेका छन् ।