वविता फर्माद्वारा ६० वटा मास्क र २० वटा स्यानिटाईजर प्रदान

मनु सुनार
गुल्मी जेठ २७ । नेश्नल हेल्थ केयर प्रालि र क्युरेक्स फर्माक्युटिकल प्रालिको स्टकिट, वविता फर्मा तम्घास गुल्मीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै गुल्मी अस्पताल तथा आँखा उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेको वविता फर्माले गुल्मी अस्पताललाई ५० थान के.एन नाइन्टी फाइब माक्स, १५ थान स्यानिटाइजर सहयोग प्रदान गरेको हो । त्यसैगरी जिल्ला आखाँ उपचार केन्द्रलाई १० थान के.एन नाइन्टी फाइब माक्स र ५ थान स्यानिटाईजर व्यवसायी संघ गुल्मीका अध्यक्ष महेशकुमार श्रेष्ठ र वविता फर्माकी प्रोपाइट पार्वता थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

विपत्तिको सय समयमा स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै गुल्मी अस्पतालका मेसु डा.उत्तम पच्या र आखाँ उपचार केन्द्र तम्घासका प्रमुख सुर्य बहादुर बस्नेतले धन्यवाद ज्ञापन गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ