प्रतिष्ठान गुल्मीले क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य सामाग्री सहयोग

अनिल खत्री

२५ जेठ, गुल्मी । बिश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) का कारण महामारीको चपेटामा छ । यतिबेला नेपालमा पनि बिभिन्न संघ संस्थाले कोरोना भाइरससँग सम्बन्धीत रहेर स्वास्थ्य लगायत बिभिन्न सहयोग गर्दै आएका छन् ।

यसै क्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी शाखाले कोरोना महामारी नियन्त्रणका लागि सहयोग स्वरुप स्वास्थ्य सामग्री हस्तातरण गरेको छ । भारतबाट आएर क्वारेन्टाइनमा सबेकाहरुलाई लक्षित गरि जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर १ र २ मा पुगेर स्वास्थ्य सामाग्री हस्तातरण गरिएको प्रतिष्ठान गुल्मीका निवर्तमान अध्यक्ष जनक पन्थले बताए ।

प्रतिष्ठानले भारत लगायत तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका नागरिकहरुका लागि १५ हजार बराबरको माक्स, सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको प्रतिष्ठान गुल्मीका पन्थले बताए । प्रतिष्ठानका पदाधिकारीहरुले वडामै पुगी २ सय पिस माक्स, ४ लिटर सेनेटाइजर सहयोग गरेका हुन् ।

स्वास्थ्य सामग्री प्रतिष्ठानका अध्यक्ष बसन्त खत्रीले गाउँपालिका उपाध्यक्ष विमला खत्री मार्फत वडा नम्बर–१ का वडा अध्यक्ष चुराबहादुर खत्री, वडा नम्बर–२ का वडा अध्यक्ष टिका रेस्मीलाई हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण गर्दै प्रतिष्ठानका अध्यक्ष खत्रीले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट बच्न क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई केही भए पनि राहत मिलोस् भन्नका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताए ।

बिश्व नै महामारीमा लडिरहेको बेला प्रतिष्ठानले गरेको सहयोग ठूलो रहेको गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताइन । प्रतिष्ठान गुल्मीले लोक संस्कृति संरक्षणसँगै जिल्लामा बिपद व्यवस्थापनमा समेत सहयोग गर्दैै आएको छ ।

यो पनि पढ्नुस्

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D