कोरोना संक्रमित एकैदिनमा थपिए अहिलेसम्मकै बढी, पुगे १२ सय १२

काठमाडौं, जेठ १६ । नेपालमा आज शुक्रबार एक्दै दिन १७० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार १७० जना संक्रमित थपिएका हुन् । उनका अनुसार २८ झापा, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ६, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, कपिलवस्तु १६, दाङ २ कपिलवस्तु ९ का रहेका छन्।

योसँगै नेपालमा एक हजार २ सय १२ कोरोना संक्रमित छन्। प्रवक्ता डा. देवकोटाका अनुसार बुधवार राति अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। मृतक हालै भारतबाट नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको हो। डा. देवकोटाका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २०६ छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ९९,३३६ व्यक्ति क्वारन्टीन र १,००० जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।

यो पनि पढ्नुस्

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D