रेसुङ्गा नगरपालिकामा ८५१ जनालाइ खाद्ययन्न बितरण

अनिल खत्री
२३ चैत, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले राहत स्वरुप ८५१ जनालाई खाद्ययन्न बितरण गरेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन लक डाउनका कारण बिहान साँझ छाक टार्न समस्या परेकाहरुलाई खाद्ययन्न सामाग्री बितरण गरेको हो ।

नगरपालिकाको वडा नम्बर १ मा १८६ जना, वडा नम्बर २ मा १०३ जना, वडा नम्बर ३ मा १०९ जना, वडा नम्बर ४ मा १०२ जना, वडा नम्बर १० मा १३८ जना, वडा नम्बर ११ मा ७५ जना, वडा नम्बर १२ मा १३८ जना गरि ८५१ जनालाई राहत बितरण गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बताए । रेसुङ्गानगरपालिकाले विपन्न परिवारहरुलाई राहत बाड्ने कार्य सुरु गरेकाले कोहि विपन्न परिवार खाननपाएर मर्न नपर्नेनगरप्रमुख डिल्लीराज भुसालले बताए ।

प्रत्येक परिवारको संख्याको आधारमा राहतवितरण गरेको र फेरी लकडाउनको अवधि थपिएमा पुन राहतको कार्यक्रम अगाडि वढाउने रेसुङ्गा नगरपालिकाले जनाएको छ । राहत स्वरुप १ जना व्यक्ति भएको परिवारमा ५ किलो चामल, आधालिटर तेल, आधाकिलो दाल, १ किलो नुन अतिविपन्न परिवारको निम्ति खाद्ययन्न वितरण गरेको रेसुङ्गानगरपालिकाकाप्रवक्तातथा वडा नम्बर १० का वडा अध्यक्ष पदम अर्यालले बताए ।

लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाएर बिहान साँझ खानाको निम्ति समस्या परेकाहरु राहत पाउदा खुसी भएका थिए । नगर भित्रका सबै वडाहरुमा अति बिपन्न परिवार सबैलाई राहत स्वरुप खाद्ययन्न बितरण गरिएको नगरप्रमुख भुसालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D