सन्तोष महतारा
गुल्मी, २७ फागुन। गुल्मीमा सालझण्डी–पटौती–खज्र्याङ्ग–तम्घास –ढोरपाटन सडक आयोजनाको स्तर उन्नति तथा निर्माण सम्बन्धमा सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । वर्तमान समयमा केन्द्र सरकार , प्रदेश सरकार र स्थानिय सरकारले ध्यान नदिएको भन्दै उद्योग वाणिज्य संघ गुल्मीले चाँसो देखाउँदै सर्वदलीय सर्वपक्षीय कार्यक्रमको आयोजना गरेको उद्योग वाणिज्य संघ गुल्मीले जानकारी दिएको छ ।
कार्यक्रममा धेरैजसो सहभागीहरुले यस सडकखण्ड राजनिति प्रतिशोधका कारण ओझेलमा परेको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा जिल्लाबाट नेपाल कम्युनिष्ठ पाटीले सहभागी जनाएन । त्यति मात्रै होइन सदरमुकाम नै समेटेर बनेको रेसुङ्गा नगरपालिकाले पनि कार्यक्रममा सहभागी नजनाएको पाइएको छ । त्यस्तै जिल्ला समन्वय समिति गुल्मीले पनि सहभागी जनाएन् । नगरपालिका , समन्वय र पाटीसँग सम्पर्क गर्दा अर्को कार्यक्रम आजै ज्टेको प्रतिक्रिया दिएका छन् । तर सहभागीहरुले नेपाल कम्युनिष्ठ पाटीको जिल्लाबाट कसैको सहभागीनहुनु यो सडकमा असहयोग भएको बताएका थिए ।
नेपाली काङ्ग्रेस पाटी सभापति भुवन प्रसाद श्रेष्ठले अन्तरक्रिया कार्यक्रम धेरै राम्रो बताएका छन् । हरेक विकासमा राजनिती हुन्छ तर यो सडक भोटका लागि खोलिएको हैन उनले कार्यक्रममा बताएका थिए ।
गुल्मी जिल्लामा सडकको बिषयमा पहिलादेखि नै चाँसो नदिएका कारण अस्तब्यस्त भयो । जनप्रतिनिधिले कुनै चाँसो नदेखाएका कारण यो सडक पछाडि परेको हो । एउटा पाटीको सत्ता हुदाँ सुुरु गरिएको ट्रयाक अर्को पाटी सत्तममा आउँदा वास्था नगरिनु दुखत बिषय भएको छ । राजनिती गरेर कुनै व्याक्तिले कसैलाई पछाडि पारेर अघि जाने सोचले जिल्ला नै पछाडि परेको कार्यक्रममा सभापति श्रेष्ठले बताएका थिए । यो सडक जिल्लाको समृद्धिको रुपमा जोडिएको बताउँदै सभापति श्रेष्ठले यो सडकको लागि अहिले निर्वाचित जनप्रतिनिधिले ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो । हरेक कुरामा उद्योग वाणिज्य संघले महत्वपूर्ण काम गरेको भन्दै सबै एकैठाउँमा भएर विकास गनुपर्ने उनको भनाई रहेको थियो ।
समाजवादी पाटीका प्रतिनिधि घनश्याम पाण्डेले राजनीतिक प्रतिशोधका कारण नै यो सडक पछि परेको बताए । विकासका काममा राजनिती गरेकै कारण यस्तो अवस्था छ । गुल्मीको पर्यटकीय विकासका लागि सिद्धबाबा नै एक प्रतिशोध हो । उनले कार्यक्रममा भनेका थिए । नेकपाबाट सहभागी नभएको भन्दै उनले यो सडकमा नेकपाको असहयोग रहेको प्रष्ट हुने बताए । सिद्धबाबाको अर्को विकल्प नै यो सडक हो । नेकपा यसमा सहभागी नहुनु दुखत बिषय हो । उनको भनाई थियो ।
नेपाली काङ्ग्रेस सिचब खिलध्वज पन्थीले सिद्धबाबाले धेरैले ज्यान लिएको भन्दै यो सडकखण्ड धेरै महत्त्वपूर्ण हुने बताए । सिद्धबाबामा धेरैको ज्यान गएको छ । ९६ किलोमिटर बाटो बनाउन १० बर्ष कुनुपर्ने यो कस्तो अवस्था हो । एक किलोमिटर बाटो पिच गर्न ३ करोड चाहिन्छ यो बजेट एकदमै कम भयो । कम्तिमा एक दुई अर्ब छुट्टाएमा मात्रै बल्ल हाम्रा सपना साकार हुने पनन्थीको भनाई रहेको थियो । हामी सबै विकासमा आग्रह पुर्वाग्रह नराखौँ । सबै सहयात्रा गरौँ । सिद्धबाबाबाट छुटकारा पाउन यो सडक विस्तार गरौँ । नेपाली काङ्ग्रेस सिचब खिलध्वज पन्थीले आफ्नो धारण प्रस्तुत गरेका थिए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष नबराज भुषालले आफुहरुले समाचार लेख्ने मात्रै होइन यस सडकमा लागि परेर यो योजनामा अगाडि बढ्ने बताए । यस सडकमा राजनीतिक भयो अब यसमा राजनिति भेदभाव नहोस् । अध्यक्ष भूषाले कार्यक्रमा सो कुरा बताएका थिए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिब पत्रकार टोपलाल अर्यालले यो छलफल पनि पहिलेकै जस्तो हुन्छ कि , प्रतिनिधिहरु धेरै हुनुपर्ने । यसमा सरोकारवाला कै उपसिस्थत नभएको बताएका थिए । यही सडकको बिषयमा धेरै ठाउँमा छलफल भएपनि प्रगति शुन्य रहेका कारण यो छलफल पनि त्यस्तै नहोस् भनेर कार्यक्रममा सुझाब प्रस्तुत गरेका थिए । यस्तो महत्वपूर्ण कार्यक्रममा नगरपालिका, समन्वय, नेकपाले ध्यान दिएन । जिम्मेवार संघसंस्था तथा व्याक्ति नै उपस्थित नभएको भन्दै उपस्थितिले चर्को आलोचना गरेका थिए ।