गुल्मी, पौस २४ । जिल्लाको ईस्मा गाउँपालिका ६ राङ्दालमा रहेको दिपा होटलमा सिलिन्डर पड्किँदा २ जना घाइते भएका छन् । रातको करिव १ बजे सामान्य किचनमा लागेको आगोले सिलिन्डरमा समेत समाते पछि घटना घटेको घरधनी कृष्ण कुवँरले बताएका छन् ।
घाइते हुनेमा बर्ष ४४ का कृष्ण कुवँर र ३२ बर्ष का भोज बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको रेडियो रेसुङ्गाले खबर प्रसारण गरेको छ ।
घाइते दुई जनालाई गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात थप उपचारको लागि पाल्पा पठाईएको गुल्मी अस्पताल तम्घासका डाक्टर काशिराम बिकले जानकारी दिएका छन् ।