चिनियाँ राष्ट्रपती सिको रात्री भोजमा गुल्मीको कफी, अरु के के छ मेनुमा ? हेर्नुस्

सन्जु काउछा
गुल्मी, असौज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई गुल्मीको कफी पिलाईने भएको छ । सिका नेपाली समकक्षी राष्ट्रपती बिद्यादेवी भण्डारीले शनिबार बेलुका काठमाडौं स्थित सोल्टी होटलमा आयोजना गरेको रात्रीभोज गुल्मीको कफी पिलाईने भएको हो । रात्रीभोजमा ईलामको चिया समेत डेसर्टसँग राखिएको छ ।

राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नाई हुँदै शनिबार अपराह्न नेपाल आएका हुन् । उनलाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु उपस्थित विमानस्थल पुगेका थिए ।

चिनियाँ राष्ट्रपति सी त्रिभुवन विमानस्थलबाट राष्ट्रपति सी बास बस्नका लागि होटल सोल्टी गएका छन् । उच्चस्तरीय भेटवार्ता गरी उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा नेपाली नेताहरुलाई पनि निम्तो दिइएको छ । रात्रीभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति सीलाई खुवाइने छ ।

मेन्यूअनुसार सुरुमा राष्ट्रपति सीलाई बारा, ममसँगै लुक्लाको सिमी र साँधेको भटमास दिइनेछ । त्यसपछि कुरिलो र क्वाटीको रस दिइनेछ । त्यसपछि युरोपियन र चाइनिज परिकार पस्किइने छ ।

मेन्यू अनुसार अन्तिममा इलामको चिया वा गुल्मीको कफी खाएपछि रात्रीभोज सकिनेछ ।

हेर्नुहोस् रात्रीभोजको मेनु:

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D