Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
४० हजार राशिको अध्यक्षकप भलिबल पुरस्कार पिपलधारा ‘ए’ लाई - Gulminews

४० हजार राशिको अध्यक्षकप भलिबल पुरस्कार पिपलधारा ‘ए’ लाई

हुमाकान्त पोखरेल
गुल्मी, ०६ चैत । धुर्कोट गाउँपालिकाद्धारा आयोजित दोस्रो अध्यक्षकप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ पिपलधाराको ‘ए’ समुहले जितेको छ । आइतबार जैसिथोकको कालापोखरा खेलमैदानमा भएको खेलमा वडा नम्बर ६ रजस्थलको ‘ए’ समुहलाई हराउदै पिपलधारा ‘ए’ ले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाण–पत्र हाँसिल गरेको हो ।

खेलमा वडा नम्बर ६ रजस्थलको ‘ए’ समुह द्धितिय भएको छ भने जैसिथोक र पिपलधाराको ‘बी’ समुह तृतिय भएको गाउँपालिकाका शिक्षा शाखा सहायक कर्मचारी राजु पछाईले जानकारी दिए । दोस्रो र तेस्रो हुने समुहले क्रमश ः ३० एवम् १५÷१५ हजार, नगद र प्रमाण–पत्र प्राप्त गरेका छन् । शनिबारदेखि सुरु भएको खेलमा रेफ्रिको भूमिका निर्वाह गर्ने हुम बहादुर बोहोरा र राजेन्द्र थापालाई पनि सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रममा पिपलधारा, रजस्थल, वाग्ला र नयाँगाउँबाट दुई÷दुई समूह तथा हाडहाडे, जैसिथोक र वस्तुबाट एक÷एक समुह गरी कुल ११ समुहले सहभागिता जनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँगाउँमा लुकेर रहेको प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्री, वडा नम्बर २ का अध्यक्ष नविन जिसी, वडा नम्बर ७ का अध्यक्ष हिम प्रसाद पन्थी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, विभिन्न विद्यालयमा अध्यापनरत शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D