gulminews logo
शनिबार, २०८१ बैशाख १५

३४ करोड ५० लाख रुपैँया बजेटको कालीगण्डकी रिडिखोला नियन्त्रण परियोजनाको माटो परिक्षण सुरु

भुवन भुसाल
गुल्मी, मङ्सिर ६ । गुल्मी जिल्लाको प्रबेशद्वार रिडिमा रहेको कालीगण्डकी र रिडि खोलाको तटबन्ध निर्माण गर्न स्वाइल टेस्ट (माटो परिक्षण) को काम सुरु गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको बजेटमा सो काम सम्पन्न हुनेछ । सुरुवात भएको ३० महिनामा सम्पन्न गर्ने गरि कामको जिम्मा सगुन शर्मा जेबिले पाएको छ । काम सुरु गर्नुभन्दा पहिले गर्नुपर्ने माटो परिक्षणको कामका लागि हिजोदेखि काम सुरुवात भएको छ । बाहिर शिलान्यास नै भयो भनेर गरिएको चर्चा भने सत्य नभएको तर अहिले माटो परिक्षणको काम मात्रै सुरु गरिएको जलाधार डिभिजन कार्यालय पाल्पाका प्रमुख आनन्दराम घिमिरेले बताउनुभयो । माटो परिक्षण गर्ने कामको सुरुवात हिजो प्रदेश न ५ सामाजिक बिकास मन्त्रालयका स्वकिय सचिब यदु ज्ञवाली, रुरुक्षेत्र गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष रामलाल बिक लगायतले गर्नुभएको हो ।

रुरुक्षेत्रमा पर्यटकिय पुर्वाधार निर्माणका लागी आधार जमिन तयार गर्ने र कालिगण्डकी नदिबाट हुने जमिन कटान रोक्ने मुख्य उद्देश्यले यो कामको सुरुवात गरिएको हो । “उद्घाटनको काम आगामी मंसिर १२ गते गर्ने गरि तयारी गरिरहेका छौ, मन्त्री ज्यु सङ्ग छलफल भैरहेको छ”, अधिकृत घिमिरेले भन्नुभयो, “ठेकेदारले तयारी सके भने सम्भवतः त्यहिदिन नै हुन्छ ।”

हिजो नै कालिगण्डकी करिडोरको पिच गर्न खाल्डाखुल्डी पुर्ने काम सुरु गरिएको छ । संघिय सरकारको ५७ करोड बजेटमा रिडि देखि हर्मिचौर सम्मको २१ किलोमीटर सडक पिच गर्ने कामको प्रारम्भिक सुरुवात बिधिवत रुपमा गरिएको छ । यस्को सुरुवात रुरुक्षेत्र गाउपालिका वार्ड न १ का वडा अध्यक्ष रामलाल बिक लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्रीका स्वकिय सचिब यदु ज्ञवाली लगायतले गर्नुभएको छ ।

“आज शिलान्यास भएको होइन बेस तयार गर्ने कामको सुरुवात मात्र गरिएको हो”, नेता यदु ज्ञवालिले भन्नुभयो “सम्भवतः परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली ज्युको उपस्थितिमा छिट्टै शिलान्यास हुन्छ ।”

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D