gulminews logo
बिहीबार, २०८१ बैशाख ६

१७ बर्षिया मेनुका कालिगण्डकीमा मृत फेला

प्रेम सुनार
बुटवल, मंसिर २२ । १३ दिन अघि घरबाट बेपत्ता भएकी गुल्मीको पुर्तिघाट स्थित जिवन उद्धार माध्यामिक विद्यालयकी विद्याथी १७ बर्षिया मेनुका श्रेष्ठ कालिगण्डकी नदीको मिर्मि ड्याममा मृत फेला परेकी छन ।

पर्वतको बिहादी गाउँपालिका वडा नम्वर ३ रानीपानीकी श्रेष्ठ मंसिर ९ गते देखि घरबाट बेपत्ता भएकी थिईन । श्रेष्ठको मिर्मि ड्याममा सडेगलेको अवस्थामा शव फेला परेको सो वडाका वडाध्यक्ष रणबहादुर ओलीले जानकारी दिए ।

मिर्मिमा होटल व्यवसाय गर्दै आएका रतन कुँवरले शुक्रवार उनको शव देखे पछि प्रंहरीलाई खवर गरेका थिए । पारिवारिक श्रोतका अनुसार त्यस दिन बेपत्ता हुनु अघि श्रेष्ठले बाबुसंग केहि रकम मागेकी थिईन ।

बाबुले पैसा नदिए पछि उनी रिसले चुर हुँदै घरबाट हिँडेकी थिईन । त्यसैको झोकमा कालिगण्डकी नदीमा हामफालेको हुन सक्ने अनुमान स्थानियले गरेका छन । उनि त्यस विद्यालयको कक्षा ११ की विद्यार्थी थिईन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D