स्याङ्जामा मोटरसाइकल ठोक्किँदा गुल्मीका सुनिलको मृत्यु, चार घाइते

वालिङ, जेठ २२ । स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

गल्याङ प्रहरी चौकीका अनुसार सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु भएको हो ।

स्याङ्जाको मिर्मीबाट गल्याङ आउँदै गरेको लु ३२ प ९९७९ र गल्याङबाट मिर्मी जाँदै गरेको लु ३५ प १६३३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुई मोटरसाइकलमा पाँचजना सवार थिए ।

घाइते हुनेमा गल्याङ नगरपालिका–३ का २२ वर्षीय अजित सुनार, कालीगण्डकी गाउँपालिका–२ का २० वर्षीय मदन पाण्डे, गल्याङ नगरपालिका–२ का २३ वर्षीय दिलीप राना र सोही स्थानका २२ वर्षीय सुशील सुवेदी रहेका छन् । घाइतेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D