सुपादेउरालीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु (फोटोहरु सहित)

सुपादेउराली (अर्घाखाँची), असार १९ । कृष्णनगरबाट सन्धिखर्क आउँदै गरेको जीप सुपादेउरालीमा दुर्घटना भएको छ । दुर्घट्नामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

कपिलवस्तु जिल्लाको कृष्णनगरबाट सन्धिखर्क आउदै गरेको लु १ ज १३२९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परि ५ जना गम्भिर घाईते भएको र ४ जना सामान्य घाईते रहेका छन् । घाईते सबैको ठाडा प्राथमिकता स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । गम्भीर घाईते घाईतेहरुलाई थप उपचारका लागि बुटवल लगिएकाे छ । मृत्‍यु हुनेको पहिचान हुन सकेको छैन ।

सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बिचमा जिप पल्टिएर खोलामा पुगेको छ । सड्कबाट ५०० मिटर तल खसेकाे ईलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएकाे छ ।

जिप कृष्णनगर यातायातको जीप एक्कासी ब्याक भएको र पल्टिएर खोलामा पुगेको प्रत्यक्षदर्शीले बताए।

यसअघि गत २०७६ जेष्ठ ८ गते मंगलवार सुपा देउरालीमा दर्शन गरेर फर्कँदै गरेको बस शितगंगा नगरपालिका–२, भुवनपाटा (सुपा खाेला पुलमा) मा दुर्घट्ना हुँदा २५ जना घाइते भएका थिए । -अर्घाखाँची डट कमको सहयोगमा

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D