gulminews logo
मंगलवार, २०८० चैत्र ६

सिलादीमा बन नर्सरी : बिरुवा उत्पादनसँगै रोजगारी

हुमाकान्त पोखरेल
गुल्मी, २९ भदौ । गुल्मीको मालिका गाउँपालिका –७ घमिर सिलादीकी देविका अर्याल केसी विगत एक बर्ष तीन महिनायता अलि व्यस्त छिन । सिलादीमा स्थापना भएको सिलादी बन नर्सरीमा पानी राख्ने, झारपात गोडमेल गर्ने, बिरुवा सार्ने उनको दैनिकी बनेको छ । तीनबर्षअघि श्रीमानको मृत्यु भएपछि तीन भैना छोराछोरीलाई हुर्काउँदै आएकी उनलाई घरखर्चको जोहो गर्न निकै मुस्किल पथ्र्यो । तर घरछेवैमा बन नर्सरीको स्थापना भएपछि उनलाई दैनिकी गुजार्न सहज भएको छ ।

कारण हो, बन नर्सरीमा रोजगार पाउनु । ‘पहिले–पहिले घरखर्च चलाउन निकै गाहे थियो, त्यही बेला बन नर्सरी स्थापना भयो ।’ उनले भनिन्, ‘नर्सरीमा काम पाउँदा खुसि लागेको छ ।’ उनले पहिले–पहिले मासिक १० हजारमा काम गर्दै आएकोमा अहिले भने दैनिक ३५० मा काम गर्दै आएकी छिन् । नर्सरी केन्द्रमा काम गरेको रकमले छोराछोरीलाई पढाउन, घरमा नुन, तेल लगायतका समग्री जोहो गर्न सहयोग पुगको उनको भनाई छ । बिरुवा नर्सरी केन्द्र स्थापना भएदेखि नै उनी काममा लागेकी हुन ।

मालिका गाउँपालिका –८ किसनटारीकी २८ बर्षिय सीता खनाल पनि दिउँसोमा बिरुवा नर्सरी केन्द्रमै काम गर्छिन । नयाँ बिरुवा जमाउने, बिरुवा सार्ने, गोडमेल गर्ने, बिरुवामा पानी राख्ने लगायतका काम गरेर दैनिक ३५० रुपैँया उनले प्राप्त गर्छिन । ‘पहिले त दैनिकजसो नै काम हुन्थ्यो, तर अहिले महिनाको १५÷२० दिनसम्म काम हुन्छ ।’ उनले भनिन्, ‘घरमा खाली बस्नुभन्दा यहाँ धेरै राम्रो छ ।’ उनका श्रीमान रोजगारीको लागि विदेशमा छन् । घरमा सासु आमा र छोराछोरी छन् । केन्द्रमा काम गरेको रकमले घरखर्च चलाउन श्रीमानकै आश गर्नु नपरेको उनले बताइन । उनले महिनाको १० हजारसम्म कमाउछिन् । नियमित बन नर्सरीमै काम पाए गर्ने योजना रहेको उनले सुनाइन ।

देविका र सीता केन्द्रमा काम गर्ने प्रतिनिधिमुलक पात्र मात्रै हुन । माघदेखि वैशाखसम्मको समयमा केन्द्रमा कम बढी हुन्छ । नयाँ बिरुवा जमाउने, बिरुवा सार्ने, नर्सरीमा रहेको बिरुवाको झारपात गोड्ने, पानी हाल्ने, ग्रेडिङ गर्ने लगायतका काम हुन्छन् । उक्त समयमा दैनिक १० देखि १२ जनासम्मले रोजगारी प्राप्त गरेको मदाने मालिका सब डिविजन बन कार्यालयका बन रक्षक छविलाल अर्यालले जानकारी दिए । यसरी मालिका गाउँपालिका –७ घमिर सिलादीमा बन नर्सरी स्थापना हुँदा एकातर्फ बिरुवा उत्पादन भएको छ भने अर्कोतर्फ रोजगारी पनि सिर्जना भएको छ । हालसम्म बन नर्सरीमा एक हजार १७५ दिनको काम भएको र उक्त कामबापत स्थानीयले सात लाख ९९ हजार प्राप्त गरेका छन् । भने एकजना नर्सरी नाइकेले नौ महिनाको ७० हजार प्राप्त गरेका छन ।

६० हजारमध्ये ४२ हजार वितरण

पाँच रोपनी क्षेत्र ओगटेको नर्सरी केन्द्रमा २७ प्रजातीका बिरुवा लगाइएको छ । राइखन्नु, किम्बु लगायतका घाँस प्रजाति, टिमुर रुख कटहर लगायतका फलफुल प्रजाति एवम् चाँप, धुपि, पारिजात लगायतका फुल एवम् काठजन्य प्रजातिका विरुवा केन्द्रमा पाइन्छन् । केन्द्रमा सल्यान, प्युठान, इटहरी, पोखरा, काठमाडौ लगायतका स्थानबाट बीउ ल्याइ बिरुवा जमाइएको छ । नर्सरीको स्थापना हुँदा ६० हजार बिरुवा जमाइएको थियो । ति मध्ये अहिले ४२ हजार १३३ बिरुवा वितरण भइसकेका छन् । सबैभन्दा धेरै चाँप ३० हजार ८३६ जमाएकोमा २५ हजार ८१९ वितरण गरिएको छ । भने सबैभन्दा कम अशोका पाँच जमाएकोमा सातवटा मात्रै वितरण गरिएको बन रक्षक अर्यालले जानकारी दिए । नर्सरीबाट सबै बिरुवा निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ । अहिलेसम्म ८१० जना व्यक्तिले बिरुवा लगेको अर्यालले बताए ।

केन्द्रमा लगाइएका बिरुवा मालिका गाउँपालिकासँगै मदाने, इस्मा, धुर्कोट, मुसिकोट, रेसुङ्गा नगरपालिका लगायतका विभिन्न स्थानमा वितरण गरिएको छ । त्यसका साथै विभिन्न सरकारी कार्यालय, प्रहरी चौकी, व्यारेक, पालिकाका कार्यालय तथा रेसुङ्गा क्षेत्रमा समेत बिरुवा पु¥याइएको जिल्ला बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।

बिरुवा नर्सरी केन्द्रको स्थापनाका लागि सिलादीमा केही संरचना निर्माण गरिएको छ । १३ मिटर चौडाई र २४ मिटर लम्बाईको ग्रिन हाउस, बिरुवा उमार्ने टनेल, टिमुरको टनेल, भवन, गोल घर, गेट तथा नर्सरी वरीपरि तारवार लगाइएको छ । उक्त कामको लागि आर्थिक बर्ष ०७६÷७७ मा १० लाख तथा ०७७÷७८ मा १० लाख गरी कुल २० लाख खर्च भएको बन कार्यालयका प्रमुख सापकोटाले बताए । खालि रहेका जग्गामा लोपुन्मुख प्रजातिका बिरुवा लगाउने उदेश्यले ०७६ चैतमा नर्सरीको स्थापना गरिएको थियो । त्यसका साथै उत्पादन र उत्पादकत्व बृद्धि गरी रोजगारी सिर्जना गर्ने पनि नर्सरी स्थापना गर्नुको उदेश्य रहेको बन कार्यालयका प्रमुख सापकोटाले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D