gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

साफ च्याम्पियनसिपमा नेपालको रेकर्ड, पहिलो पटक फाइनल प्रवेश

काठमाडौं, २७ असोज । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागिस अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।

पहिलो हाफमा बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध नवौं मिनेटमा गोल गरेका थिए ।

नेपाली समय अनुसार बुधबार पौने ५ बजेदेखि राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा खेल सुरू भएको हो ।

फाइनलमा प्रवेश गर्न नेपाललाई जीत वा बराबरीमा सकाए पुग्ने थियो । यता बंगलादेशले भने खेल जित्नैपर्ने थियो ।

आयोजक माल्दिभ्स र भारतबीच आज राति खेल हुँदैछ। खेलमा फाइनलमा पुग्न भारतले आजको खेल जित्नै पर्छ भने माल्दिभ्सले कम्तिमा बराबरी गरे पुग्नेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D